Wednesday 23rd of January | २०७५ माघ ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विवेकशील साझा पार्टीमा विभाजन (यस्तो छ आरोप)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २७ शुक्रबार | (रासस)
newsabhiyan

काठमाडौँ, २७ पुस   : विवेकशील साझा पार्टी विभाजन भएको छ । पार्टीका वैचारिक दृष्टिकोणमा असहमति जनाउँदै नेता उज्वल थापाको नेतृत्वमा एक समूह विभाजित भएको हो । नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार ३७ सदस्यीय केन्द्रीय समिति रहेका उक्त पार्टीका १६ जना निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि गएका हुन् । संयोजक रवीन्द्र मिश्र पक्षले त्यसमाथि छलफल गर्नुको साटो छ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु भङ्ग गर्ने र महिला तथा युवा सङ्गठन बनाउने सिफारिस गरेको जनाइएको छ । विवेकशील र साझा पार्टीबीच २०७४ सालमा एकता भएको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan