Wednesday 23rd of January | २०७५ माघ ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कङ्गोमा प्रतिद्वन्दी दलद्वारा पुनः मतगणनाका लागि अदालत जाने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २७ शुक्रबार |
newsabhiyan

किन्शास, २७ पुस (रासस÷एएफपी) ः कङ्गोमा हालै भएको राष्ट्रपतीय निर्वाचनमा दोस्रो भएको पार्टीले पुनः मतगणना गर्न माग गर्दै अदालतमा मुद्दा दर्ता गराउने भएको छ ।

निर्वाचनमा आफ्नो पार्टीले ६१ प्रतिशत मत पाएको भएपनि मतगणनामा धाँधली भएको भन्दै दोस्रो ठूलो पार्टीले संवैधानिक अदालतमा मुद्दा दिन लागेको हो ।

“पुनः मतगणनाको माग गर्दै हामी शनिबार संवैधानिक अदालतमा जान लागेका छौ,” पार्टीका नेता मार्टिन फायुलुले आफ्ना समर्थकहरूको ¥यालीमा शुक्रबार भन्नुभयो ।

गत बिहिबार घोषणा गरिएको निर्वाचन परिणाममा फेलिक्स टीसिसेकेडीले ३८.५७ प्रतिशत मत ल्याएर विजयी भएको र फयुलुले ३४.८प्रतिशत मत ल्याएर दोस्रो भएको घोषणा गरिएको थियो ।

वर्तमान राष्ट्रपति जोसेफ काबिलाको समर्थनमा उम्मेदबार बन्नु भएका इम्मानुयल रमजानी शडारीले भने २३.८ प्रतिशत मत ल्याएर तेस्रो हुनुभएको थियो ।

घोषित निर्वाचनले धेरैलाई चकित बनाएको समाचारमा जनाइएको छ । निर्वाचन अघि धेरैले फायुलुले नै निर्वाचन जित्ने दावी गरेका थिए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan