Wednesday 23rd of January | २०७५ माघ ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सापकोटा र भित्राकोटीको धन्दा बढेपछि किश्चियनहरुनै तर्सिए !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २७ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । क्रिश्चियन धर्मको आडमा विदेशी डलर भित्राएर लुट मच्चाउनेहरु दिनप्रतिदिन बढेकाछन् ।

पछिल्लो समय दुई किश्चियन धर्मालम्बीको दैनिकी र सम्पती देखेर जिब्रो टोक्नेहरुको संख्या दिनप्रतिदिन बढेको छ ।

विभिन्न बाहाना बनाएर धर्म ,सेवा र सु समाचार प्रचार भन्दौ रमेश सापकोटा र जेवी  भित्राकोटीको धन्दा बढेपछि किश्चियनका अगुवाहरुनै जिब्रो टोक्न बाध्य भएकाछन् । 

 डलर भित्राएर लुट मच्चाउनेमा  रमेश सापकोटा  अग्रणी सुचीमा रहेको बताइएको छ ।  सेवाका नाममा ब्यापक दुरुपयोग गर्दै व्यक्ति मोटाउने काम गरेको सो धर्मका अनुयायीहरुले नै बताउदै आएका छन । 

नेपालका चेलीबेटीको तस्विर देखाएर मोटो रकम भित्राएका उनको रहनसहन,उठबस र सम्पती देखेर उनका सहकर्मीहरु तिनछक परेका हुन् ।  रमेश सापकोटाले चेली नेपाल र के आई नेपाल मार्फत नेपालमा काम गर्दै आएकाछन् ।

धापाखेलमा अस्भाविक तरिकाले महल ठड्याएका सापकोटाले यशुख्रीष्टको सु समाचार प्रचार गर्ने भन्दै विभिन्न स्थानमा कार्यक्रम गरेको भीडीयो बिक्री गर्दै व्यक्तिगत सम्पति जोड्ने गरेको आरोप छ ।

त्यसो त संस्थाको आयव्यायमा मनमौजी गरेका सापकोटाको बारेमा प्रशासनले समेत चासो राखेको छ ।


त्यसैगरि लुट अनियमितता गर्ने सुचीमा रहेका जितबहादुर  भिर्लाकोटी (जेवी  भिर्लाकोटी)को धन्दा पनि डर लाग्दो रुपमा चर्किएको छ ।

जेवी भिर्लाकोटीले बच्चाको नाममा विदेशबाट डलर भित्राएर घर बनाए । तर बच्चाहरुलाई बिस्तारै पन्छाउदै गए एक पास्टरले नाम उल्लेख नगर्ने सर्तमा बताए ।

उनले अनाथ बच्चा भन्दै तस्विर बेचेर रकम जोड्न् गरेकाछन् । त्यसरी भित्रिएको रकम ब्यक्तीगतरुपमा प्रयोग गर्दै आएको समाचार स्रोतले बताएको छ । 

नेपाल धर्म निरपेक्ष राष्ट्र हुनु भन्दा लामो समय अगाडि देखि क्रिश्चियन समुदायको सहभागिता देखिएपनि अहिले आएर धर्मका आडमा लुट मच्चाउने धन्दाले थप तिब्रता पाएको हो ।

अशिक्षा र गरिबीलाई फाईदा उठाउदै क्रिश्चियन समुदायका केही व्यक्तिले विदेशबाट रकम भित्राउने र आफु करोडपति बन्ने होडबाजीले क्रिश्चियन धर्मालम्बीहरु बिचनै खैलाबैला मच्चिएको छ । 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan