Wednesday 23rd of January | २०७५ माघ ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रचण्ड र गृहमन्त्री थापाले बमजन अनुसन्धान रोक्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २६ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २६ पुस । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा लिटिल बुद्धको उपमा दिइएका रामबहादुर बमजनको पक्षमा देखिएका छन् ।

बमजनमाथि लागेको यौन उत्पीडकसहित अनुयायी वेपत्ता पारेको अभियोग अनुसन्धानमा प्रचण्ड र मन्त्री थापाको प्रतिरक्षात्मक कदम हुनसक्ने जनाउ दिएको उनीहरु निकट स्रोत बताउँछ । बमजनविरुद्ध प्रहरीका चार वटा निकायमा उजुरी छ ।

ती उजुरीमा अनुसन्धान नभएको र अझै बमजनले अनुयायीमाथि सोही प्रकारकाका हर्कत गरिरहेको आरोप लागिरहेको छ । बमजनको काला कर्तुतका विषयमा विभिन्न पक्षबाट खुलाउने र प्रतिरोध गर्ने काम हुँदासमेत सरकार र सुरक्षा निकाय मौन छ ।

बमजनमाथिको अनुसन्धानमा प्रचण्ड र थापा बाधक बन्नसक्ने स्रोतहरु बताउँछन । बमजनको आरोपको प्रतिरोध गरिरहेको बोधी श्रवण धर्म सँगका पदाधिकारीसँग अध्यक्ष थापा र गृहमन्त्री थापाले भेटेर ज्ञापनपत्र बुझेपछि यस्तो आंकलन सहजै गर्न सकिन्छ ।

एउटा प्रतिनिधि मण्डलसँग यो विवाद चलिरहेका बेला प्रचण्ड र थापाले भेट गरी ज्ञापनपत्र बुझेपछि न प्रचण्ड, थापासंगै सरकारकै पनि आलोचना भइरहेको छ ।

पिता सञ्चलाल बाइबा हराएका भनेर जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका महेन्द्र बाइबाले प्रहरीले कुनै पनि किसिमको जानकारी नदिएको बताएका छन् ।

उता, प्रहरीले भने अभियोगमाथि अनसन्धानका लागि केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) लाई खटाएको सरकारी अधिकारीले दाबी गरेका छन् ।

सीआइबी प्रमुख निरज शाहीले पनि अनुसन्धान सुरु गरिएको भन्दै टोली सिन्धुपाल्चोक पुगेको प्रारम्भिक सूचना दिएका छन् ।

बमजन भने सिन्धुलीमा रहेको बताइन्छ । १३ पुसमा राजधानीमा पत्रकार सम्मेलन गर्दै पीडित परिवारले बम्जनको आश्रमबाट बेपत्ता भएकाहरूको खोजी गर्न माग गरेका थिए ।

नुवाकोट म्यगङ गाउँपालिका ३, देउरालीकी चिनीमाया तामाङ ६ वर्षदेखि बेपत्ता भएको बताइएको छ । उनी सुरुमा सिन्धुलीको आश्रममा गएको र २०६९ सालदेखि बेपत्ता भएको भन्दै उनकी दिदी गंगामायाले उजुरी समेत दिएकी छिन् ।

बाराको हलखोरियामा आनी बन्न गएकी हेटौंडा १६ की पासाङ भन्ने फूलमाया रुम्बा २०७१ सालदेखि हराएको परिवारले बताएका छन् । अभियान टाइम्सका साथमा ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan