Wednesday 23rd of January | २०७५ माघ ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चर्चित हॉस्य कलाकार सुबोधले ल्याए नया कमेडी शो "हाँस्ने घर"

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २३ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । पछिल्लो समय निकै चर्चाको शिखरमा पुग्न सफल चर्चित हॉस्य कलाकार सुबोध गौतमले नया कमेडी शो "हास्ने घर" दर्शक समक्ष ल्याएका छन् ।

समयसामयिक बिषय बस्तुमा आधारित रहेर बनाइएको उक्त कार्यक्रम  दर्शक हरुले ज्यादैनै रुचाउने बिषयलाई उठाएको उहाले बताउनु भयो। उक्त कमेडी शोमा यादब देबकोटा सरापे,राजू कमेडी रेम्बो,नबराज उप्रेती आदि कलाकारहरुको अभिनय देख्न सकिने छ।

कार्यक्रम भित्र साताको  गनगन, आईडिया सेन्टर लगायतका बिभिन्न सेगमेंट हरु रहेका छन् । "हास्ने घर" र आईडिया सेन्टर पहिले बिभिन्न च्यानल बाट छुट्टा छुट्टै आयता पनि हाल एउटै कार्यक्रममा समाबेश गरिएको छ। यो कार्यक्रम प्रत्येक साता गनगन टीभी मार्फत सार्बजनिक गरिने "हास्ने घर" टीमले हामीलाई बताएका छन् ।

एक्सन फिल्मस प्रा. ली. को निर्माण रहेको उक्त कार्यक्रम मा सुबोध गौतम, राजू भुजेल, यादब देवकोटा, युबराज खत्री, नबराज उप्रेती, रेशम प्रधान आदिको सहकार्य रहेको छ। कार्यक्रमका निर्देशक  तथा प्रस्तोता सुबोध गौतम हुन भने सम्पादन युबराज खत्रीको रहेको छ।

लामो समय देखि क्यारिकेचर मार्फत आफ्नो कला प्रस्तुत गर्दै आउनु भएका सुबोध गौतमले  पछिल्लो समय बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ को हूबहू नक्कल गरेपछि स्वयं मदनकृष्ण श्रेष्ठले खुलेर प्रसंसा गरेका थिए। 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan