Friday 14th of December | २०७५ मङ्सिर २८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नरैनापुरमा सार्वजनिक बिदा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर ४ मंगलबार |
newsabhiyan

राँझा, ४ मङ्सिर (रासस) : बाँकेको नरैनापुर गाउँपालिकाले इस्लाम धर्मावलम्बीले मनाउने ‘मोहम्मद डे’का अवसरमा बुधबार सार्वजनिक बिदा दिने भएको छ ।

गाउँपालिकाको आज बसेको कार्यपालिका बैठकले बुधबार परेको मोहम्मद डेका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । नरैनापुर मुस्लिम समुदायको बाक्लो बसोबास रहेको गाउँपालिका हो । इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बरको जन्मजयन्तीलाई इस्लाम धर्मावलम्बीले धुमधामका साथ मनाउने गर्दछन् ।

स्थानीय तहले आवश्यकताअनुसार बिदा दिन सक्ने व्यवस्थाअनुसार नरैनापुर गाउँपालिकामा सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनुभयो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा, खजुरा र जानकी गाउँपालिकामा पनि मुस्लिम समुदायले मोहम्मद डे मनाउने गर्दछन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan