Friday 14th of December | २०७५ मङ्सिर २८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नियन्त्रीत लागूऔषध सहित चार पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर ४ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ४ मंसिर । काठमाडौं र मोरङबाट नियन्त्रीत लागूऔषध सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-२६ सामाखुशीस्थित सडकबाट नियन्त्रीत लागूऔषध सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ मिक्लाजुङ गाउँपालिका-४ बस्ने २७ वर्षीय सोनाम तामाङ र काठमाडौं दक्षिणकाली नगरपालिका-५ बस्ने २३ वर्षीय मिलन केसी रहेका छन्‌ ।

लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले सोनामलाई लागूऔषध डाईजेपाम २ सय ४ एम्पुल, बुप्रेनोर्फिन २ सय ११ एम्पुल र फेनारगन २ सय २५ एम्पुल तथा मिलनलाई लागूऔषध  डाईजेपाम २७ एम्पुल, बुप्रेनोर्फिन २७ एम्पुल र फेनारगन २७ एम्पुल सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी मोरङ बिराटनगर महानगरपालिका- १५ भन्सार कार्यालयस्थितबाट नियन्त्रीत लागूऔषध डाईजेपाम ४२ एम्पुल, लुपिजेसिक ४२ एम्पुल, एभिल ४२ एम्पुल र फेनारगन १० एम्पुल सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुनसरी ईटहरी उपमहानगरपालिका-४ बस्ने ३२ वर्षीय सुवास घिमिरे र मोरङ बिराटनगर महानगरपालिका-६ बस्ने २४ वर्षीय समर साह रहेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan