Friday 14th of December | २०७५ मङ्सिर २८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खानेपानीमा कर्मचारीको माग जाहेज : अध्यक्ष आचार्य

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर ४ मंगलबार |
newsabhiyan

काठमाडौं, ४ मंसिर । नेपाल खानेपानी संस्थानमा जारी तीन दिनदेखिको आन्दोलनमा नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका अध्यक्ष पुष्कर आचार्यले समर्थन जनाएका छन् ।

मंगलबार आन्दोलन स्थल संस्थानको प्रधान कार्यालयमा कर्मचारीलाई सम्बोधन गर्दै मजदुरलाई कसैले पनि कमजोर नठान्न चेतावनी दिए ।

संस्थानका कर्मचारीले अत्यन्त सरल र मागै राख्नु नपर्ने माग देख्दा सम्वन्धित निकायको ध्यान नपुगेकोमा चिन्ता व्यक्त गरे । ट्रेड युनियन कांग्रेसको तर्फबाट ऐक्ववद्धता जनाउँदै मजदुरका पक्षमा जस्तो कदम चाल्नपनि पछि नपर्ने धारणा राखे ।

नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य सञ्जय दाहालले मजदुरमाथि गरिने विभेदले राज्य बन्न नसक्ने ठोकुवा गर्दै संस्थानमा क्रियाशील चार वटा युनियनले अत्यन्त सकारात्मक ढंगबाट उठाएको माग पूरा गर्न व्यवस्थापनसँग अनुरोध गरेका थिए ।

नेपाल सार्वजनिक सेवा कर्मचारी संघका केन्द्रीय उपमहासचिव सरस्वती केसीले महिलालाई संस्थानले हेपेको धारणा राख्दै सामान्य जस्ता देखिने मजदुरको रोजीरोटीसँग जोडिएको सवालमा ध्यान दिन नसक्नु संस्थानको त्रुटी रहेको औंल्याइन् ।

संयुक्त संघर्ष समितिका संयोजक रामजी अर्यालको अध्यक्षतामा भएको आन्दोलन सभामा संस्थानले कर्मचारीलाई कमजोर नठान्न चेतावनी दिएको संघर्ष समितिका प्रवक्ता समिर पण्डितले जानकारी दिए ।

संस्थानद्वारा गठित बार्ता टोलीले सोमबारको छलफलमा विना योजना प्रस्तुत भएकोमा आन्दोलनरत कर्मचारी आक्रोशित बनेका थिए ।

संयुक्त संघर्ष समितिले मंगलबारदेखि शाखा कार्यालयमा हस्ताक्षर संकलन गरी आन्दोलनमा एक्वेवद्धता जनाउने क्रम सञ्चालन गरेको सहसंयोजक पदमहरि राईले जनाएका छन् ।

संघर्ष समितिले मंगलबारको आन्दोलन सकिएको भन्दै बुधबार पूर्व निर्धारित कार्यक्रम अनुसार प्रधान कार्यालय त्रिपुरेश्वरमा सहभागी हुन सम्पूर्ण कर्मचारीलाई अनुरोध गरेको सूचना अधिकारी केदार धमलाले जानकारी दिए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan