Friday 14th of December | २०७५ मङ्सिर २८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दक्ष जनशक्ति नहुँदा न्याय सम्पादनमा समस्या

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर ४ मंगलबार | (रासस)
newsabhiyan

लमही, ४ मङ्सिर । आवश्यक जनशक्ति नहुँदा स्थानीय तहका न्यायिक समितिले उल्लेख्य रुपमा प्रगति हासिल गर्न सकेका छैनन् ।

नयाँ संविधानले स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन गरी न्यायपालिकाको रुपमा काम गर्ने अधिकार प्रदान गरेपनि दक्ष जनशक्ति नहुँदा न्यायिक सम्पादनमा समस्या हुने गरेको लमही नगरपालिका न्यायिक समिति संयोजक देवका बेल्बासेले बताउनुभयो ।

स्थानीय तहका न्यायिक समितिमा कानूनसम्बन्धी जानकारी भएको जनशक्ति भएर सेवालाई प्रभावकारी बनाउन सकिने उहाँको भनाइछ । ‘‘अहिले हामीसँग अधिकार छ, तर दक्ष जनशक्ति छैन’’ उहाँले भन्नुभयो,“दक्ष जनशक्ति नहुँदा न्याय सम्पादनमा समस्या हुनेगरेको छ ।”

अहिले लमही नगरपालिकाले ४९ वटा विवाद मिलाएको समेत उहाँले बताउनुभयो । न्यायिक समिति स्थापना भएदेखि ९५ वटा विवाद दर्ता भएकोमा अहिलेसम्म ४९ वटा विवाद समाधान गर्न सफल भएको न्यायिक समिति संयोजक देवका बेल्बासेले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा २० वटा विवाद दर्ता भएको हालसम्म ११ वटा विवाद समाधान गरेको उहाँले जानकारी दिनुभयो ।

नागरिकमा न्यायिक समितिले हेर्ने विवादको प्रकृति थाहा नहुँदा सबै खालका विवाद स्थानीय न्यायिक समितिमा दोहोरिन थालेका छन् । नजिक पर्ने र जनप्रतिनिधिसँग नागरिकको घुलमिल बढी हुने भएकाले सबै खालका विवाद आएपनि विवादको प्रकृति हेरेर विवाद हेरफेर गर्ने गरेको न्यायिक समितिका सदस्य कृष्ण घिमिरेले जानकारी दिनुभयो ।

यस्तै समितिले स्थानीयस्तरमा गठन भएका सामुदायिक मेलमिलाप केन्द्रलाई सूचीकृत गर्न निवेदन माग गरेको छ । हालसम्म २० वटा केन्द्रले निवेदन दिएको न्यायिक समिति सदस्य कुमार भट्टराईले जानकारी दिनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan