Friday 14th of December | २०७५ मङ्सिर २८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बैंकहरुबीच निष्क्रिय कर्जा घटाउने प्रतिस्पर्धा, नौ वटाको निष्क्रिय कर्जा एक प्रतिशत तल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २ आइतबार |
newsabhiyan
newsabhiyan

सुरेश राउत, काठमाडौं, २ मंसिर । सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुमध्ये २६ वटाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

कात्तिक मसान्तसम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा सबैभन्दा उच्च देखिएको छ । चुक्ता पुँजी १० अर्ब ६४ करोड ५५ लाख ९९ हजार रुपैयाँ रहेको नेपाल इन्भेष्टमेन्टले चालू आवको पहिलो त्रैमासिकमा एक अर्ब छ करोड ९३ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

यो मुनाफा बैंकको गत आवको सोही अवधिको तुलनामा १७दशमलव ८४ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमासिकमा सो बैंकले ८९ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकले चालू आवको पहिलो त्रैमासिकमा एक खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब २४ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दा एक अर्ब ५९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

सो अवधिमा बैंकमा एक दशमलव २१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।चुक्ता पुँजी आठ अर्ब चार करोड ३२ लाख २१ हजार रुपैयाँ रहेको नबिल बैंकले भने चालू आवको पहिलो त्रैमासिक अवधिमा एक अर्ब पाँच करोड ८१ लाख ९८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा नबिलको यस्तो मुनाफा ८५ करोड १४ लाख छ हजार रुपैयाँ रहेको थियो ।

थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :-

बैंकहरुबीच निष्क्रिय कर्जा घटाउने प्रतिस्पर्धा, नौवटाको निष्क्रिय कर्जा एक प्रतिशत तल

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan