Friday 14th of December | २०७५ मङ्सिर २८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विद्युतीय हिटरबाट आगलागी हुँदा आमासहित चार बच्चाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १ शनिबार | (रासस÷एएफपी)
newsabhiyan

अबुजा, १ मङ्सिर : आगलागीमा परी नाइजेरियामा शुक्रबार आमा र बच्चासहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

नाइजेरियाको उत्तरपश्चिमी केब्बी राज्यामा भएको सो आगलागीबाट आमासहित उनका तीन र अन्य एक बच्चाको जलेर मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

आगलागीहुँदा सबै जना सोही घरभित्रै रहेका तीन बच्चासहित आमासँगै जलेको र अर्को एक बच्चा भने सो परिवार बाहिरको भएपनि जलेको आवस्थामा भेटिएको जनाइएको छ ।

आपतकालिन व्यवस्था निकायका प्रदेश प्रमुख सानी डोडोडोले विद्युतीय हिटरबाट आगलागी भएको जानकारी दिनुभयो । घटनाका बारेमा थप अनुसन्धान जारी नै रहेको डोडोडोले बताउनुभएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan