Friday 14th of December | २०७५ मङ्सिर २८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नासाको राष्ट्रिय महाधिवेशन सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १ शनिबार |
newsabhiyan

काठमाडौँ, १ मङ्सिर (रासस) ः नेपाल एनिमल साइन्स एसोशिएसन (नासा) को आठौँ राष्ट्रिय महाधिवेशनले पशुपंक्षी र मत्स्य विज्ञानको अध्ययन, अनुसन्धान र विकासको माध्यमबाट देशमा स्वरोजगारी सिर्जना गरी उक्त क्षेत्रको उत्पादनमा देशलाई आत्मनिर्भर बनाउन नासाको तर्फबाट महत्वपूर्ण योगदान दिने सङ्कल्पसहित ललितपुर घोषणापत्र जारी गरेको छ ।

महाधिवेशनको प्राविधिक सत्रमा पशुपंक्षी तथा मत्स्य अनुसन्धान र विकाससम्बन्धी ४७ वटा प्राविधिक कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । महाधिवेशनमा महासचिव रुद्रप्रसाद पौडेलले नासाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष रामवली साहले आर्थिक प्रतिवेदन र विधान संसोधन समितिका संयोजक रामगोपाल आचार्यले विधान संशोधनका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा पशुपंक्षी तथा मत्स्यविज्ञान प्राध्यापन, अनुसन्धान र विकासमा महत्वपूर्ण योगदान पु¥याउनु हुने सेवानिवृत्त प्राध्यापकहरु, बैज्ञानिकहरु, अनुसन्धाताहरु, उद्योगीहरु र उत्कृष्ट कार्य गर्ने कृषकलाई सम्मान गरिएको थियो ।
राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले नासाको विज्ञता र यसले गरेका घोषणा र निर्णयहरु नेपालको पशुपंक्षी र मत्स्यपालन क्षेत्रलाई समेटी राष्ट्रिय किसान आयोगले बनाउने नीतिलाई महत्वपूर्ण मार्गदर्शक हुने बताउनुभयो ।
यसैबीच भेलाले नासाको आगामी कार्यकालको लागि सर्वसम्मत रुपमा डा. श्रीराम प्रसाद नेउपानेको अध्यक्षतामा नयाँ नेतृत्व चयन समेत गरेको छ । नवगठित समितिको उपाध्यक्षमा रुद्रप्रसाद पौडेल र डा. निराजन भट्टराई, महासचिवमा डा. लोकनाथ पौडेल, सचिवमा मेघराज ढकाल र सुजया उपे्रती, कोषाध्यक्षमा श्यामसुन्दर यादव र सदस्यहरुमा सूर्यप्रसाद शर्मा, लुमानिधी पाण्डे, राजेन्द्रप्रसाद श्रेष्ठ, गौरी थापा र सुवासकमल झा निर्वाचित हुनुभएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan