Friday 14th of December | २०७५ मङ्सिर २८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कामपा प्रमुख– उपप्रमुख चीन प्रस्थान

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २६ सोमबार | (रासस)
newsabhiyan
newsabhiyan

काठमाडौँ, २६ कात्तिक । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी आज चीन प्रस्थान गर्नुभएको छ ।

हुआन शहरमा यही कात्तिक २८ देखि ३० सम्म आयोजना हुने ‘चाइना इण्टरनेशनल फ्रेण्डसिप सिटिज कन्फरेन्स २०१८’ मा उहाँहरुले भाग लिनुहुनेछ । चाइनिज पिपुल्स एशोसिएसन फर फ्रेण्डसिप विथ फरेन कण्ट्रिज (सिपिएएफएफसी), चाइना इण्टरनेशनल फ्रेण्डसिप एशोसिएसन (सिआइएफसिए) र हुआन म्युनिसिपल्स पिपल्स गभर्मेन्टले उक्त सम्मेलन आयोजना गरेका हुन् । ‘विकासका अवसर र साझा जीतका लागि सहयोग बाँडफाँट’ विषयमा केन्द्रित सम्मेलनमा भगिनी सम्बन्ध भएका अन्तर्राष्ट्रिय नगर र सङ्घसंस्थाका प्रतिनिधिकोसहभागिता रहनेछ ।

आधुनिक र वातावरणमैत्री शहर निर्माण गर्न तथा साझा समृद्धिका लागि उन्नत अनुभव आदानप्रदान गर्न सम्मेलन आयोजना गरिएको हो ।

ल्हासा नगरले काठमाडौँ महानगरलाई निमन्त्रणा गरेको र ‘आउटस्ट्याण्डिङ फरेन फ्रेण्डसिप सिटी अफ टिबेट अटोनोमस अवार्ड’ का लागि मनोनयनसमेत गरेको छ सम्मेलनमा सहभागी भएर प्रमुखसहितको टोली शनिबार स्वदेश फर्कनेछ । सो अवधिमा महानगरको नियमित काम हेर्न वडा नं १ का वडाध्यक्ष भरतलाल श्रेष्ठलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिइएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan