Friday 14th of December | २०७५ मङ्सिर २८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाँच बर्ष देखी बन्द भएको मेघौली बिमानस्थल अझै सञ्चालन भएनन्

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २६ सोमबार |
newsabhiyan

प्रनिश थापा, चितवन, १७ कार्तिक । पश्चिम चितवनको मेघौली विमानस्थल अझै नियमितरूपमा सञ्चालनमा आउन सकेको छैन ।

वि.सं २०१७ मा स्थापना गरिएको सो विमानस्थल त्यस क्षेत्रको प्रतिष्ठित होटल टाईगर टप्स बन्द भएसँगै नियमित रूपमा सञ्चालन हुन नसकेको हो ।

विसं २०६९ बाट बन्द भएको विमानस्थल गत वर्ष नोभेम्बर र डिसेम्बरमा केही समय सञ्चालनमा आए पनि पुनः बन्द भएको छ ।

सदरमुकाम भरतपुरबाट २४ किलोमिटर पश्चिममा रहेको सो विमानस्थल २३ बिगाहा जमीनमा फैलिएको एक हजार ६५ मिटर लामो घाँसे धावन मार्ग रहेको छ ।

विमानस्थललाई तारबार गरी सुरक्षित गरिएको छ । भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमका अनुसार दैनिक १२/१३ उडान हुँदै आएकोमा मेघौली विमानस्थल सञ्चालन गर्न सकेमा भरतपुरको चाप घटाउन सकिने र त्यस क्षेत्रका जनताले सुविधा पाउने बताए ।

नेपाल एयरलायन्सले हाल तालिकामा राखेर पनि मेघौलीमा विमान चलाएको छैन । विमान सञ्चालन हुन नसक्नुको कारणबारे केन्द्रमा पत्राचार गरिएको छ ।

पश्चिम चितवनमा तीन ठूलासहित १० भन्दा बढी पर्यटकीय होटल छन् । नियमित उडान नहुँदा पर्यटक आगमनमा समेत प्रभाव परेको छ । जिल्लामा हाल सञ्चालनमा रहेको भरतपुर विमानस्थलबाट दैनिक काठमाडौँं र पोखरा उडान हुँदै आएको छ ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan