Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सभामुख कृष्णबहादुर महराको २३ वर्षपछि तिहार टीका

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २३ शुक्रबार | (रासस)
newsabhiyan

रोल्पा, २३ कात्तिक :सभामुख कृष्णबहादुर महराले २३ वर्षपछि आफ्नो जन्मघरमा तिहारको टीका लगाउनुभएको छ । रोल्पा नगरपालिका–१ मेवाङमा रहेको जन्मघरमा सभामुख महराले जेठी फुपू विष्णु केसीको हातबाट टीका लगाउनुभएको हो ।

तत्कालीन माओवादीले जनयुद्ध थाल्नुअघि २०५२ सालमा आफ्नै जन्मघरमा टीका लगाउनु भएका महराले शान्ति प्रक्रियापछि पहिलोपटक आफ्नै घरमा टीका लगाउनुभएको हो । सशस्त्र युद्ध शान्ति प्रक्रियामा रुपान्तरण भएयताको १२ वर्षसम्म सभामुख महरालाई पुख्र्यौली घर आएर टीका लगाउने अवसर जुरेको थिएन ।

सभामुख महराले जन्मघरमा टीका लगाएपछि रोल्पा नगरपालिका–१ धारापानीमा रहेको पुख्र्यौली घर पुगेर साइलो बुबाको छोरी रामकुमारी महराको हातबाट समेत टीका लगाउनुभएको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan