Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कैदीबन्दीले लगाए भाइटीका

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २३ शुक्रबार |
newsabhiyan

दमौली, २३ कात्तिक (रासस) ः तनहुँ कारागारका कैदीबन्दीले भाइटीका लगाएका छन् । कैदीबन्दीले आफ्ना दिदीबहिनीको हातबाट भाइटीका लगाएको कारागार प्रशासनले जनाएको छ ।

कारागारमा रहेका २५ जनाले कारागारभित्रै भाइटीका लगाएको कारागार प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो । “बेलुका ५ बजेसम्म भाइटीका लगाउन समय तोकेका छौँ”, उहाँले भन्नुभयो, “भाइटीका लगाउन आउनेलाई टीका लगाउने व्यवस्था मिलाएका छौँ ।”

विभिन्न अपराधमा कारागार चलान भएका उनीहरू कारागारभित्रै भाइटीका लगाउँदा हर्षित छन् । कैदीबन्दीले चाडपर्वको बेला मुढा बुनेर कमाएको पैसा घरपरिवारलाई समेत पठाउँदै आएका छन् । पच्चीस जनाको क्षमता रहेको उक्त कारागारमा हाल ४८ थुनुवा र ६२ कैदी छन् । सबैभन्दा बढी जबर्जस्ती करणीको मुद्दामा ३५ कैदी र चार थुनुवा छन् । त्यस्तै लागुऔषधको मुद्दामा १८ थुनुवा र दुई कैदी तथा कर्तव्य ज्यान मुद्दामा १४ कैदी र पाँच थुनुवा रहेका छन् ।

ज्यान मार्ने उद्योगमा ११ थुनुवा र दुई कैदी, भगौडाका तीन कैदी, चोरीमा संलग्न सात कैदी र तीन थुनुवा, सवारी ज्यान मुद्दाका एक थुनुवा, कुटपिट अङ्गभङ्गका दुई कैदी, काठ ओसारपसारका एक कैदी, बहुविवाहका एक कैदी, अपहरणको एक थुनुवा, डाँका एक थुनुवा तथा ओखेटोपहार ओसारपसारका एक थुनुवा र एक कैदी गरी ११० जना कैदीबन्दी रहेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan