Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संगीतकार तथा गायिका निलम रोजु राईको नयाँ गीतको भिडियो सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २३ शुक्रबार |
newsabhiyan

काठमाडौं । संगीतकार तथा गायिका निलम रोजु राईको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । केही समयअघि मात्र ‘मलाई हजुरले लाएको टोपी मनपर्यो’ गीतको भिडियो ल्याएकी निलमले यसपटक ‘कति सुहायो त्यो कालो कोटमा’ बोलको गीत ल्याएकी छन् ।

गीतकार समेत रहेकी निलमको ‘कति सुहायो त्यो कालो कोटमा’ बोलको नयाँ गीतको भिडियो शुक्रबार सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वरमात्र नभएर शब्द तथा संगीत पनि उनैको रहेको छ ।

निलमलाई स्वरमा गायक सुरेश लामाले साथ दिएका छन् । संगीतकार निलमले ‘कति सुहायो त्यो कालो कोटमा’ गीतलाई पुर्वेली लोक–फ्लेवरमा ढालेकी छन् । उक्त गीतले कालो कोट लगाउनेहरुलाई प्रशंसा गरेको छ । ‘घुमिफिरी रुम्झाटार’ भनेजस्तै गीतको आशय माया–प्रेममै केन्द्रीत छ ।

‘कति सुहायो त्यो कालो कोटमा’ बोलको यस गीतको भिडियोलाई नृत्य निर्देशक कमल राई निर्देशन गरेका हुन् । उक्त गीतमा दक्षकुमार राई, कला राई, पवन पाठकलगायतका कलाकारले अभिनय गरेका छन् ।

युवराज राईले खिचेको ‘कति सुहायो त्यो कालो कोटमा’ भिडियोमा कोरस डान्सहरुको प्रयोग गरेर फिल्मी शैली अपनाइएको छ । जसलाई दर्शक तथा श्रोताले रुचाउने अपेक्षा संगीतकार तथा गायिका निलमले गरेकी छन् ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan