Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुटरले पोल खोलेपछि समिरमानकी श्रीमती प्रहरीको फन्दामा,आज म्याद थपेर अनुसन्धान गरिदै

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक १८ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचन हत्या काण्डका मुख्य योजनाकार गुन्डा नाइके समिरमानसिंह बस्नेतकी श्रीमती मायाँ शेरचन पक्राउ परेकी छन् ।

सुटरले पोल खोलेपछि समिरमानकी श्रीमती पनि प्रहरीको फन्दामा  परेकी हुन् ।

समिरमानले प्रयोग गरेका गौचन हत्याका सुटर अम्बरबहादुर रानाले अदालतमा बयानका क्रममा माया शेरचनले हतियार र पैसा उपलब्ध गराएको बताएपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिई मायालाई पक्राउ गरेको हो ।

गौचनसहित गुण्डा नाइके दावा लामामाथि आक्रमण हुँदा प्रयोग भएको पेस्तोल पनि मायाँले नै उपलब्ध गराएको बयान राना, रोशन बुढाथोकी र लोप्साङ तामाङले दिएका छन् ।

महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले अदालतको आदेश अनुसार मायालाई उनकै निवास बाफलबाट पक्राउ गरेको बताए । मायालाई प्रकाउगरि थप अनुसन्धान गर्ने कार्य भइरहेको छ उनले भने ।

उनलाई थप अनुसन्धानका लागि समय चाहिने भएकाले आज म्याद थपेर अनुसन्धान गरिदैछ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan