Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ट्रस्टबिज प्राइभेट लिमिटेडको बैक तथा वित्तीय संस्थाको व्यवस्थापन सम्बन्धी अन्तराष्ट्रिय तालिम

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ५ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । ट्रस्टबिज प्राइभेट लिमिटेड ले बैक तथा वित्तीय संस्था को व्यवस्थापन सम्बन्धी अन्तराष्ट्रिय तालिम बेल्जियन बैकिङ्ग एकेडमी सहयोगमा बेल्जियम को राजधानी ब्रसेल्समा  कार्तिक ५  गते देखी ९ गते सम्म आयोजना गरेको छ । 

बैकका उच्च अधिकृतहरुको क्षमता अभिवृद्धिका लागि आवश्यक जोखिम व्यवस्थान, सञ्चालन, बैकिङ्ग प्रविधि र  नयाँ बैंकिंग र वित्तीय उपकरणहरुको प्रयोगको सम्बन्धी ज्ञान र शीप बेल्जियन बैकिङ्ग एकेडमीका बिशेषज्ञहरुले प्रदान गर्नेछन । 

सहभागीहरुले बैक तथा वित्तीय संस्थाहरु को नियामक निकायहरु वित्तीय सेवा तथा बजार प्राधिकरण र बेल्जियम को केन्द्रिय बैंक नेसनल बैंक अफ बेल्जियम को अवलोकन तथा नियामक निकाय र बैक तथा वित्तीय संगको आपसी सम्बन्धको बारेमा जानकारी प्राप्त गर्ने छन ।

बेल्जियन बैकिङ्ग एकेडमीका भाइस प्रेसिडेन्ट  इभ्स म्याथुसले भू परिदृस्य अनुसार नियमन र बजार अनुसार को जोखिम व्यस्थापन गर्नुपर्ने बताए । बेल्जियन बैकिङ्ग एकेडमीका प्रमुख कार्यकारी अधिकृत फेडेरीक लर्नोक्स ले यस तालिम लाई सहभागीहरुलाई आफ्नो कर्यक्षेत्रमा उपयोगी हुने ज्ञान र शीप उपलब्ध गराइने तथा  ट्रस्टबिज प्राइभेट लिमिटेड संग मिलेर भविष्यमा उच्चस्तरीय अध्ययन एवं प्रशिक्षण कार्यक्रमहरुको तर्जुमा तथा सञ्चालन र परामर्श सेवा लागि सहकार्य गर्नका तयार रहेको बताए । 

ट्रस्टबिज प्राइभेट लिमिटेड का प्रमुख कार्यकारी अधिकृत दिवस न्यौपानेले यस तालिमले परिपक्क तथा बिकसित युरोपियन बैकिङ्गको ज्ञान नेपाली बैकहरुको पहुँच  पुर्‍याएको जानकारी दिनुभयो । यस तालिममा नेपालका बणिज्य बैक र बिकास बैकका उच्च अधिकृतहरु सहभागीहरु छन् ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan