Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कथा: तरुनी र राजा ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ५ सोमबार |
newsabhiyan
newsabhiyan

- देवकी केसी

     नेपाल दरबारमा रहने कसैको पनि विबेक नहोस् भनी काजी भीम मल्लको पत्नीले सती जाने बेलामा श्राप दिएकी थिइन् । त्यसैले कुनै बिपत्ति आइलागेमा आजसम्म पनि सतीको श्राप परेको भन्ने गरिन्छ । जिउँदो शरीरलाई लोग्नेको चितामा खरानी पार्नुपर्ने बिबश सतीले श्राप गरेझै दरबार पसेर गद्घी चढेपछि बिबेक हराउँदै गएको र भोग बिलासले सगरमाथा छुन खोजेको कुनै नौलो प्रक्रिया होइनन् ।

रणबहादुर शाहको आखाले भोग मात्र देख्न थाल्छ  । त्यतिबेला पशुपतिनाथको दर्शन गर्न मिश्र ब्राहम्ण परिवार पशुपतिको धर्मशालामा आइबसेको र तिनका साथ एक अति रुपमती बालबिधवा कान्तिवती पनि रहेको कुरा रणबहादुरको कानमा पर्नासाथ उसका हरेक अङ्गप्रत्यङ्ग उत्तेजनाको चरम बिन्दुमा दौडिदैँ  पानीभित्र चहलपलाएका माछाझै चलपल गर्न थाले । कान्तिवतीलाई आफनो बशमा पार्न राजा आफै हात्ती चढेर पशुपतिनाथको धर्मशालातिर हुइँकिए ।

त्यसैले गद्धीमा चढ्ने बित्तिकै राजा रणबहादुर शाह पनि निकै विलासी भएका थिए । सुन्दरीहरुलाई जन्ती जस्तो लस्कर राख्ने र रखौटी बनाएर एकलौटी उपभोग गर्ने नशा चढेको थियो उनलाई पनि । तरुनीहरु कोठाभरी छरेर  सिरानी बनाउने त दरबारियाहरुको बंशाणुगत रोग नै थियो । पुर्खाबाट बंशाणुगत रोग त कहाँ हट्न सक्थ्यो र ? यस्तो रोगको शिकार नहुने सन्तान कमै मात्र भेट्न सकिन्थ्यो दरबारमा ।  धन्य यस्तो सयौँ रखौटी र सुन्दरीहरुसँग तालमा पौडिँदा पनि एचआइभी एड्सलाई भने जित्न सक्ने दरबारियाहरुको अर्को अनौँठो बिशेषता नै मान्नुपर्छ त्यतिबेला । कि त एचआइभी एड्सको  पत्तो नभएको हुनुपर्छ ।
          

बच्चाको आँखाले बजारका हरेक खानेकुरामा आफनो भोक टासिँएको देख्छ  । त्यस्तै  हरेक चेलीहरु देख्ने बित्तिकै रणबहादुर शाहको आखाले भोग मात्र देख्न थाल्छ  । त्यतिबेला पशुपतिनाथको दर्शन गर्न मिश्र बा्रहम्ण परिवार पशुपतिको धर्मशालामा आइबसेको र तिनका साथ एक अति रुपमती बालबिधवा कान्तिवती पनि रहेको कुरा रणबहादुरको कानमा पर्नासाथ उसका हरेक अङ्गप्रत्यङ्ग उत्तेजनाको चरम बिन्दुमा दौडिदैँ  पानीभित्र चहलपलाएका माछाझै चलपल गर्न थाले । कान्तिवतीलाई आफनो बशमा पार्न राजा आफै हात्ती चढेर पशुपतिनाथको धर्मशालातिर हुइँकिए ।
             

चलचित्रका दृश्यहरुमा घोडा र आफना पहलमान लिएर युद्ध गर्न गएको खलनायकले जबर्जस्ती नायिकालाई उठाएर ल्याएझै कान्तिवतीलाई पनि दरबारमा ल्याइपुर्याइयो ।  राजा जस्ताले जबर्जस्ती गर्दा न त उसले प्रतिकार गर्न सक्थी । न त न्यायको लागि कोहिसँग भिख माग्न नै सक्थी । राज्यप्रमुख जसलाई जनताले भगवानको अवतारको रुपमा र न्यायदेबताको रुपमा लिन्छन् उनै यतिबेला एक अबला कान्तिवतीको लागी खलनायक भएका थिए । नारी सुन्दरताको प्रतिविम्ब हो । सहनशिलताको खानी हो ।  नारीको सहनशिलता र सुन्दरताको बयान जति गरे पनि कहिलेकाहिँ परिस्थितिले नारीको त्यहि सुन्दरता र सहनशिलतासँग खेलबाड गरेको हुन्छ  र आफनो सुन्दरता आफैलाई बिष बनेर पोल्न थाल्छ  । यतिखेर कान्तिवतीको सुन्दरता उसको लागि नै बिष बनेको थियो त्यसैले त राजाको अपहरण र जबर्जस्ती सहनुपरेको थियो बिचरी उनले । केवल उसका सामु दुई विकल्प ठिङ्ग उभिएका थिए कि त जीवनभर राजाको यौनदासी भएर बस्नुु कि त आत्महत्या गर्नु । यदि प्रतिकारको मैदानमा उत्रिई भने गद्धीको मात चढेका उन्मत साढेँ जस्तो रणबहादुरले कान्तिवतीको श्वास त के लास पनि बाकीँ राख्ने छैनन् भन्ने कुरा निश्चित थियो र राजासँग पौठेजोरी खेल्नु भनेको बामे सर्न नसक्नेले दौडिनु जस्तो थियो त्यस परिस्थितिमा ।
          

दरबारभित्रको सानदार माहोलभित्र आफुलाई कैदी महसुस गर्न थालेकी कान्तिवतीले आखिर मर्नुभन्दा बहुलाउनु निको भनेझै राजाको अघिल्तिर आत्मसर्मपण गर्दै एउटा सर्त राख्ने चाहना गरिन् । उनको मन रखौटीको डरले पोल्दै थियो । भित्रैदेखी र अस्वीकार गर्दै थिया भित्रैबाट रखौटी बन्नलाई । सिनोलाई देख्दा हामफालेर झम्टिने गिद्धहरुझै रणबहादुर पनि आफनो शरीर पाउन जस्तो सुकै सर्त मान्न पनि पछि हट्दैनन् भन्ने बुझेर कान्तिवतीले राजासँग सर्त राखिन् ।  “ सरकार मलाई राखिबक्सिन्छ भने हजुरको रखौटी होइन रानी बनाएर राखिबक्सियोस् ।  मेरो पुत्रको जन्म भयो भने राजा बनाइबक्स्योस् । यदि हजुरले मसँग यो सर्त पुरा गर्ने बाचा अहिले नै गरिबक्सिएन भने म दरबारमा रहन र हजुरको रखेल रहन अस्वीकार गर्छु ।” शरीरको प्यासमा छटपटाएको तिर्खालु रणबहादुरको मुखले कान्तिवतीको सर्त सहस्र स्वीकार गर्यो ।
      

धर्म र परम्परालाई लात मार्दै अन्तत कान्तिवतीलाई महारानी बनाएर दरबारमा  प्रबेश गराएरै छाडे रणबहादुरले । राजाको यस्तो क्रियाकलाप दरबारमा एक रत्ति  मन परेको छैन कसैलाई पनि । तैपनि चुपलाउनु बाहेक अर्को बिकल्प पनि थिएन । स्वयं उसका काका बहादुर शाह पनि रणबहादुरको यस्तो कामलाई घृणित नजरले हेर्थे तर पनि खुलेर बिद्रोह गर्न सक्ने अवस्थामा उनी थिएनन् । हुन त सीताको अपहरण र रावणको राक्षसी क्रियाकलापलाई पनि चुपचाप सहनु विबश थिए  त्यतिबेला मानिसहरु । रावणको अत्याचारको बिरोध गर्ने उनको भाई बिभीषण र रणबहादुरको अनैतिक कार्यको बिरोध गर्ने काका बहादुर शाह दुबै रावण र रणबहादुरको लागि कसिङ्गर बनेका थिए । उनीहरु चाहेर पनि मर्यादा सिकाउन सक्दैनथे गद्धीमा नाच्ने साढेँहरुलाई ।
            

रणबहादुरले जे गरेपनि छाड्ने छैनन् भन्ने बुझेर होला कान्तिवतीले रखौटी बन्नुभन्दा रानी बन्नु नै ठीक भन्ने सोचेकी थिई । त्यसो त रानी हँुदा पाउने इज्जत रखौटी हुँदा कहाँ मिल्थ्यो र ? रखौटी नभए भोलि आफना सन्तानहरु कुकुरका छाउराजस्ता बेवारिसे नभई बैधानिक सन्तान हुनेछन् भन्ने आशले पनि कान्तिवतीले रणबहादुरसँग यस्तो सर्त राखेकी थिइन् । रानी बन्ने लालचमा भन्दा पनि सुरक्षा र इज्जतको लागि रणबहादुरको पत्नी बन्न बाध्य भएकी थिई कान्तिवती । यसबाट  आफू आफना सौताहरु राजराजेश्वरी, सुवर्णप्रभा, चन्द्रावती र ललित त्रिपुरासुन्दरी जस्तै दर्जामा पुग्ने कुरामा ढुक्क थिई ।

माया र युद्ध भन्ने कुरा नै अनौठो हुदोँ रहेछ सबै कुरा जायज हुने । मायामा मै हँु भन्ने वीर पुरुष पनि आइमाइको पाउ परी आकाशका तारा टिप्ने जस्ता ठुलो बाचा समेत गर्छन्  । त्यस्तै रुपका भोगी रणबहादुर कान्तिवतीको शरीरको लागी अनेकौँ सर्त पनि पुरा गर्न पछि हटेनन् । नचाहेर पनि दरबार भित्रिनु पर्दाको पीडाले कता कता मनमा घोच्न थाल्थ्यो उनलाई । तैपनि पुत्र गीर्वाणयुद्ध बिक्रमको जन्मले मातृत्वको बर्षा गराएको थियो उनलाई । अपहरण शैलीमा दरबार पस्दाको चिनो, रणबहादुरको भोगविलासको चिनो वा मायाको चिनो जे भने पनि गीवार्णयुद्धको जन्मले उनलाई   मातृत्व सुखको अनुभ्वबको साथसाथै बाल बिधवा भएर समाजबाट इच्छा र आकांक्षा कुण्ठित पारेर बस्नुपर्ने संस्कारबाट पनि मुक्ति दिलाएको थियो । आमा बन्नु संसारको सबैभन्दा ठूलो सुखद अनुभुति हो एउटा नारीको लागि चाहे अनेकौँ कष्ट किन नहोस् । परिबन्धमै परेर भएपनि दरबारले त्यो सुखद अनुभुति गर्ने अवसर दिएकोमा खुसीनै देखिन्थी कान्तिवती  ।
            

विडम्बना गीवार्णयुद्ध जन्मिएको केही समय नबित्दै कान्तिवतीलाई क्षयरोगले सतायो र रोगले कान्तिवती गल्दै गइन् । उपचारको लागि भएभरको ज्यातिषि, धामी झाँक्रि, बैद्य, डाक्टर देखाउँदा पनि कान्तिवतीको रोग निको हुन सकेन किनकी त्यतिबेलाको लागि क्षयरोग उपचार असम्भव थियो ।

आफनी प्रिय स्वास्नी रोगले जीर्ण हुदै गएको देखेर रणबहादुर निराश देखिन्थ्यो भने कान्तिवतीको शरीर साथसाथै आत्मबल पनि निकै कमजोर भइसकेको थियो । बाँच्ने आशाहरु हराए त्यसैले कान्तिवतीले आफनो सर्त सम्झाइ रणबहादुरलाई । मर्नेबेला छोरो गद्धीमा बसेको  हेरेर मर्ने रहर थियो उनको । त्यसैले कान्तिवतीले आफनो इच्छा रणबहादुर समक्ष ब्यक्त गरिन् । मन परेकीे स्वास्नीसँगको बाचामा धोका दिन नचाहेर रणबहादुरले आफु र अन्य रानीबाट जेठा छोरा हुदाँहुदैँ सिगाँन पुस्नसमेत नजान्ने डेढ बर्षका बालक गीर्वाणयुद्धलाई गद्धीमा बसालेर राजदरबारको नियम तोड्ने कामको सुरुवात र दरबारमा गुटबन्दीको बीजारोपण गरे ।
          

यो बाचा भन्ने चिज पनि साह्रै शक्तिशाली हुदौ रहेछ ।  चट्टान भन्दा पनि । राजा दशरथले कैकयीसँगको बाचा पुुरा गर्दा रामलाई चौध्र बर्ष बनवास पठाएर भरतलाई राज्य सम्हाल्नु पर्यो । त्यही बाचा पुरा गर्दा दशरथले अकालमै शोकले जीवन गुमाए तैपनि बाचा तोडेनन् । आफनो जीवन भन्दा ठुलो हुदौ रैछ बाचा भन्ने चिज । सायद त्यसैले रणबहादुरले पनि मन परेको स्वास्नीको वाचा पुरा गर्न बरु आफनै श्रीपेच छाडिदिए ।

कस्तो अनौठो हुँदोरैछ प्रेमको डोरी । मन परेको मान्छे पाउन जस्तो सुकै पनि गर्न सक्ने, नियमलाई उल्टाउन, पल्टाउन र सुल्टाउन सक्ने । सायद यो नै मायाको अपार शक्ति होला । स्वास्नीको इच्छा पुरा गर्न नाबालक छोरालाई गद्धीमा राखेर आफनो श्रीपेच फुकाल्न पनि पछि नपर्ने ।
        

कस्तो अनौठो हुँदोरैछ प्रेमको डोरी । मन परेको मान्छे पाउन जस्तो सुकै पनि गर्न सक्ने, नियमलाई उल्टाउन, पल्टाउन र सुल्टाउन सक्ने । सायद यो नै मायाको अपार शक्ति होला । स्वास्नीको इच्छा पुरा गर्न नाबालक छोरालाई गद्धीमा राखेर आफनो श्रीपेच फुकाल्न पनि पछि नपर्ने । साच्चै बचनको पक्का रैछन रणबहादुर भन्ने बुझ्न सकिन्थ्यो । धेरैले स्वास्नीलाई झार बराबर पनि नसम्झने र तुच्छ सम्झेर स्वास्नीको इच्छा र चाहनालाई लात मार्दै बुर्कुसी ठोक्ने समाजमा स्वास्नीको इच्छा पुरा गर्न आफनो कुर्सी पनि त्याग्न सक्ने रणबहादुरको चरित्र बुझेर बुझन नसकिने थियो ।

पलपलमा तरुनीहरु परिवर्तन गर्नसक्ने राजालाई युवतीको के दुख थियो र ? दरबारमा होस् चाहे दरबार बाहिर जताततै युवतीको खानी बनाएका रणबहादुरलाई कान्तिवतीको मृत्युले निकै आघात पुर्याएको थियो । उनको इच्छाको निम्ति दरबारको नियम तोडे किनकी कान्तिवती उसको सबैभन्दा मन परेकी स्वास्नी थिई र पुरुषहरु हरेक पलमा साथ दिने दिलको धनी स्वास्नी भन्दा रुपको धनी स्वास्नीनै प्राथमिकतामा राख्दा रैछन् । किनकी रुपसँग जीवन साटेर जीवनभर स्वास्नीलाई यौनदासी बनाउन सकिन्छ भन्ने मानसिकता बोक्दा रैछन् भन्ने ज्वलन्त उदाहरण थिए रणबहादुर आपैm पनि ।
            

कान्तिवतीको प्रेममा चुर्लुम्म डुबेका रणबहादुर आफै कान्तिवतीको मृत्युपश्चात बहुलाजस्ता बन्न पुगे । रोगले राजा र जनता भन्दैन । त्यतिबेलाको परिबेशमा उपचार प्रविधिकै कमीको कारण कान्तिवतीको मृत्यु भएको हो भन्ने बुझ्दा बुझ्दै पनि रणबहादुर बदलाको भाब राखेर कान्तिवतीको उपचारमा संलग्नं बैद्य, धामी, झाक्रिँ, ज्योतिष, डाक्टर सबैलाई पिट्न थाले ।  कतिले त अनाहकमै मृत्युवरण गर्नु पर्यो । गाली बेइज्जत गर्ने विर्ताको रुपमा दिएको जग्गा समेत हरण गर्ने काम गर्न थाले । त्यतिमात्र हो र मन परेकी स्वास्नीको मृत्युको कारण मगज खुस्केका रणबहादुरले देवालय र मुर्ति समेत बाकीँ राखेनन् । मन्दिरहरु तोडफोड भए । मुर्तिहरु ढले  । राजाको अघिल्तिर मान्छेहरु त मौन रहन बिबश थिए  । मुर्तिहरु त झन् के नै गर्न सक्थे र ? रणबहादुरको भकुण्डो भएर भुइँमा ढलिरहे मुर्तिहरु ।
          

आफनो प्रिय स्वास्नी मरेकै झोकमा कति निर्दोष अङ्गभङ्ग भए त कति मारिए, मठ मन्दिर भत्काइए तर पनि रणबहादुर अपराधी भएनन् किनकि ठुला मान्छेको अपराध त उनीहरुको कुर्सीले ढपक्क ढाकेको हुन्छ । अन्य स्वास्नीहरु अझै जिउँदै थिए । रखौटीहरुको सँख्यामा पनि कुनै कमी थिएन । शरीरको भोग मेटाउन कुनै विकल्प नभएको त होइन तैपनि कान्तिवतीको प्रेम र मृत्यु दुबैमा रणबहादुर किन पागल भए भन्ने कुरा गम्भीर चासोको विषय थियो । रणबहादुरको बौलाहापन चुपचाप सहन बाध्य भएका जनताहरु राजाले कुनबेला कसको पिठ्युमा कोर्रा लगाउने हो र ज्यान लिने हो भन्ने त्रासमा बाँचिरहेका थिए ।         

यदि एउटा सर्वसाधारण त्यस्तो हालत भएको भए फलानो बौलायो भनेर कुरा काट्नेहरुकको लाइन हुन्थ्यो होला । गिज्याउदै रमाइलो गर्नेको भिड लाग्थ्यो होला कि त समातेर पागलखानामा कोच्थे होलान् । तर यतिबेला खुलेआम राजा बौलायो ,रणे बौलायो भन्न सक्ने अवस्था थिएन । बौलाहा रणबहादुरको शिकार बनेका देवालयहरु पछि कसैले पुनर्निमाण गर्दै देवताको पुर्नस्थापना गरे । अनौठो पागलप्रेमको इतिहास बोकेको तिनै देवालयको एक छेऊमा आजको युगको रणे र कान्तिवतीका प्रेमलाप चलिरहेको थियो । फरक यतिमात्र हो कि जबर्जस्ती अपरहण र रखौटीको इतिहास उनीहरुको प्रेमसँग जोडिएको छैन । उनीहरुको प्रेममा मात्र निश्चलता, विश्वास र समझदारी छ । इतिहासले लात मारेका तिनै देवालय पबित्र मानेर साक्षी राखेका छन् आफना पे्रमलाई उनीहरुले । अमर प्रेम र अजम्बरी बनाउने बाचा गरेका छन् उनीहरुले देवालयसँग । उनीहरुको त्यो बाचा पुरा हुने हो वा कान्तिवतीको र रणबहादुरकोझै बिचमै टुङ्गिने हो त्यसको ज्ञाता त समय नै हो ,समयलेनै बताउँछ ।      

एक्काइसौ‌ शताब्दीको आजको युगले ब्याप्त समाजमा पनि जिउमा कुनै आधुनिकता झल्काउने फेसन र बेसनको एक छिटा पनि नदेखिने कान्तिवती प्राकृतिक सुन्दरताले भरिपुर्ण छे र शृगारले भरिपुर्ण दरबारको महारानी भन्दा कम छैन  । तिनै देवालयमा मायालु अगाँलोमा बेरिएर प्रेमको संसारमा डुबिरहेका बेला अचानक “म तिमीबाट हराए भने के गर्छौ तिमी रणे ”कान्ताले सोधि । “धत् लाटी यस्तो कुरा पनि गर्ने हो म त पागल हुन्छु नि हाम्रो माया त युगौयुगसम्म बाचिरहन्छ नि । यसको साक्षी यिनै देवालय छ,” रणे देवालयलाई हेर्दै कान्तालाई भन्छ । कृत्रिमताको लेपन दुबैमा छैन तैपनि प्राकृतिक सुन्दरतामै राम्रा बिश्वसुन्दरी र बिश्वकै सुन्दर जस्तो देखिने यि दुबैको माया निश्चल थियो झरनाको पानी झै ।        

साहाराविहिन एक्लो जीवन लिएर  ऊ भोक र शोकले भौतारिदैँ, बरबराउदैँ  बेसुरा भएर हिड्न थाल्यो रणे । यिनै पागल प्रेमी  महाराज रणबहादुर शाहले लात्ताले हिर्काएको देवालय र फुटाएको मुर्ति त्यसलाई समेत भुकम्पले बाँकी राखेन । जुन मन्दिरमा उसले कान्तासँगै जुनी काट्ने बाचा गरेको थियो । उनीहरुको पवित्र प्रेमको साक्षी भग्न देवालयमा  रणे आजभोली दिन बिताउँछ । रात काट्छ । न त उसलाई भुकम्पपीडितको राहतले र निशुल्क स्वास्थ्य उपचारको टोलीले नै देख्न सकेका छन् । राहतको लोभमा हात पसार्न पनि जानेको छैन उसले ।            

मायाको कुनै सिमाना हुदैन संसारका कुनै बिज्ञले पनि मायाको कुनै सिमाना निर्धारण गर्न सकेका छैनन् । चोखो मायाले धन दौलत् हेर्दैन रुप देख्दैन केवल आपसी बिश्वास र श्रद्धा हुन्छ जताततै । धनदौलतको अभाबमा पनि चोखो मायाले दीर्घजीवन पाउँछ भन्ने साबित गर्न ति देवालयलाई साक्षी राखेर कान्ता र रणेले बैबाहिक जीवनको श्रीगणेश गरे । झुपडी नै भए पनि मायाको थुप्रो पारेर खुसीले जिएका उनीहरुले दुख गरेर भए पनि छाक टारेकै थिए । त्यसैमा खुसी थिए उनीहरु । उनीहरुलाई देख्दा यस्तो लाग्थ्यो संसारकै सबैभन्दा खुसी र सुखी जोडी त्यो नै हो  । छोरा गीर्वाणको जन्मले अझ खुसीको बहार ल्याएको थियो त्यो मायालु झुपडीमा ।        

दुइ जनामाथि खाने मुख अर्को थपिदाँ खुसी साथसाथै जिम्मेवारी पनि बढेको थियो । बच्चाको च्याँच्याँ रुवाइले त्यो मायालु घर नै पवित्र भएको महशुस गर्दथे उनीहरु । रातदिन दुख गरेर भए पनि कान्ताको राम्रो हेरबिचार गरेकै थियो रणेले । आफनै हातले पोसिलो खानेकुरा बनाएर स्वास्नीलाई ख्वाउन पाउँदा, तेल लगाएर छोरालाई मालिस गर्न पाउँदा रणे आफैलाई संसारको सबैभन्दा भाग्यमानी र सानो घरलाई स्वर्ग सम्झन्थ्यो । गर्भावश्था देखी नै सुत्केरी अबश्था र नबजात शिशुको हेरचाहमा समेत कान्तालाई साथ दिएर जिम्मेवार पतिको भुमिका निर्बाह गरेको थियो रणेले । स्वास्नीको प्रजनन् स्वास्थ्यलाई बेवास्था गरी बाहिरी संसारमा राज गर्ने पुरुष भन्दा भिन्न उसले पारिबारिक दायित्व , लोग्ने हुनुको कर्तव्य र पिता हुनुको कर्तव्य सबै बुझेको छ । त्यसैले त उनीहरुको प्रेम आर्दश प्रेमको रुपमा मौलाइरहेको थियो ।
        

बैशाख महिनाको त्यो शनिबारको दिन थियो । उसले आफनै हातले पोसिलो आहार तयार गर्यो र श्रीमतिलाई खुवायो । अहिलेको अवस्था तिम्रो लागि आराम गर्ने र बच्चाको हेरचाह गर्ने हो ,ऊ पटकपटक कान्तालाई सम्झाउथ्यो । आफनै हातले छोराको जीउमा तेल घस्न थाल्यो । छोरा च्याँच्याँ आवाज निकालेर रुन थाल्यो । मायालु आँखाले छोरा र स्वास्नीलाई हेर्दै छोरालाई मीठो चुम्बन गर्यो स्वास्नीसँग पनि मुस्कुरायो र बेलुकाको गाँस टार्न पाखो बारीतिर लाग्यो ।
            

चट्टानजस्तो  पाखो फोरेर पसिनाले शरीर लपक्कै हुदाँ पनि रणे खुसी नै देखिन्थ्यो । किनकी ऊ आफनो सानो घरको खुसी  र सुख जोगाउन आफै मेहनत गर्दैथ्यो । त्यो मेहनतको पसिनामा गौरवान्दित भएको रणेले जिम्मेवारित्व पनि राम्रोसँग बुझेको थियो । अचानक धर्ती जोडसँग काप्न थाल्यो । उसको पाइतालाले आफैलाई थेग्न नसकेर भुइँमा ढल्यो ।  गाउँघर सबै जोडसँग हल्लिन थाले । जताततै घर ढलेका धुलोले संसार अध्यारो भयो । रणेले आफनो मायालु घर ढलेको आफनै आखाँले देख्यो । हतारिदै घर जान लाग्दा पाइला त्यतै लरबराएर ऊ फेरी ढल्यो । बल्लतल्ल शाहस गर्दै घरतिर दौडिदै थियो रणे । फेरी धर्ती जोडसँग हल्लिएर ऊ पुन भुइँमा लम्पसार पर्यो । जताततै रुवाबासी र भागाभाग देखेको रणेको मनमा डर त्रासले डेरा जमाएको थियो ।

ऊ त्यहीं लाचार भएर बच्चाजस्तै क्वाँ क्वाँ रुन थाल्यो । धर्तीको कम्पन सामना गर्दै जसोतसो घर पुगेको रणेले आफ्नैै आँखा अगाडि  आफनो मायालु घर भग्नाबशेष भएको देखेर ऊ चिच्यायो  । श्रीमती र बालक छोरो जिउँदा छन् भन्ने आशमा यताउति गर्दै घरको माटोको थुप्रोमा हात हाल्थ्यो तर उसको के सामथ्र्य पुग्थ्यो र ? शोकले ऊ आफै ढल्यो । तिन दिन पछि मात्र सैनिकहरुले भग्नाबशेषबाट स्वास्नी र छोरालाई निकाल्न सफल भए । मायाको सानो परिवारमा दैव लाग्यो । छोरा र स्वास्नी किचिएर बिरुप भएको अनुहारलाई नियाल्थ्यो ।

जुन अनुहारलाई चुम्बन गर्दै ऊ पाखो बारीतिर लागेको थियो । त्यो नै उसको जीवनको अन्तिम चुम्वन हुन पुग्यो । सानो घर , सानो परिवार , मायाले चुर्लुम्म डुबेको परिवार दैबले यतिछिटो चुँड्ला भन्ने सपनामा समेत नसोचेको त्यो क्षणलाई सम्झेर रणेको आँखा ओभानो हुन सकेको थिएन । आफुलाई सम्हाल्न निकै कठिन भएको रणेले जसोतसो स्वास्नी र छोराको अन्त्यष्टि त गर्यो आफनै हातले तर मानसिक चिन्ताले ऊ बिक्षिप्त हुन्थ्यो । अनि पागल जस्तो बेसुर बन्थ्यो । घर ढल्यो भुकम्पले जीवनसंगीनी र छोरोपनि ढाल्यो । सँगसँगै उसका सारा सपना ढले खुसी पनि ढले ।
      

साहाराविहिन एक्लो जीवन लिएर  ऊ भोक र शोकले भौतारिदैँ, बरबराउदैँ  बेसुरा भएर हिड्न थाल्यो रणे । यिनै पागल प्रेमी  महाराज रणबहादुर शाहले लात्ताले हिर्काएको देवालय र फुटाएको मुर्ति त्यसलाई समेत भुकम्पले बाँकी राखेन । जुन मन्दिरमा उसले कान्तासँगै जुनी काट्ने बाचा गरेको थियो । उनीहरुको पवित्र प्रेमको साक्षी भग्न देवालयमा  रणे आजभोली दिन बिताउँछ । रात काट्छ । न त उसलाई भुकम्पपीडितको राहतले र निशुल्क स्वास्थ्य उपचारको टोलीले नै देख्न सकेका छन् । राहतको लोभमा हात पसार्न पनि जानेको छैन उसले ।

ऊ त्यहीं लाचार भएर बच्चाजस्तै क्वाँ क्वाँ रुन थाल्यो । धर्तीको कम्पन सामना गर्दै जसोतसो घर पुगेको रणेले आफ्नैै आँखा अगाडि  आफनो मायालु घर भग्नाबशेष भएको देखेर ऊ चिच्यायो  । श्रीमती र बालक छोरो जिउँदा छन् भन्ने आशमा यताउति गर्दै घरको माटोको थुप्रोमा हात हाल्थ्यो तर उसको के सामथ्र्य पुग्थ्यो र ? शोकले ऊ आफै ढल्यो । तिन दिन पछि मात्र सैनिकहरुले भग्नाबशेषबाट स्वास्नी र छोरालाई निकाल्न सफल भए । मायाको सानो परिवारमा दैव लाग्यो । छोरा र स्वास्नी किचिएर बिरुप भएको अनुहारलाई नियाल्थ्यो ।           

उसको लागि जीवन संगीनी संसार जे भने पनि उनै एउटा कान्ता थिई न त उसका अरु रखेलहरु नै थिए । “यो मन्दिर जोखिम छ बस्नुहुन्न” भनेर गाली गर्दथे देख्नेले तर रणेले आजसम्म पनि त्यो देवालय छाडेको छैन । पिसाब लाग्दा पनि त्यही मन्दिरमा पिसाब गरिदिन्छ , भोग लाग्दा नि त्यही मन्दिरका मुर्तिजस्तै लडिरहन्छ । ऊ घाम ,पानी ,रात, बिहान  त्यही देवालयमै हुन्छ । कसैले दया गरेर खानेकुरा दिए खान्छ नत्र बेसुर भएर बरबराउदैँ कान्ताको नाम लिइरहन्छ । कतिले उसलाई समातेर त्यहाँबाट पर लैजाने प्रयास गर्दा पनि ऊ भागेर त्यहीँ आउँछ । किनकि त्यहाँ उसको मन परेकीे स्वास्नी कान्तासँगको जुनी सगैँ काट्ने बाचा छ ।         

जीवनको एकमुठी श्वास रहेसम्म उसले बाचा पुरा गर्ने निर्णय गरेको छ ।  त्यसैले स्वास्नी र छोराको वियोगमा बौलाएको रणेको सहारा बनेको छ देवालय । भुकम्पपीडित रणेको जीवनसहारा पनि भुकम्पपीडित देवालयनै । भुकम्पले टुटेका छन् मुर्तिहरु ,फुटेका छन् घण्टाहरु कुचिएका छन् भित्ताहरु , ढलेका छन् गजुर तर पनि रणे त्यो ठाउँलाई सम्मान गर्छ । त्यहाँको भुइँलाई स्पर्स गर्दै कान्ता भनेर बोलाउछँ बिचरा के थाहा उसको मनको पीडा भुकम्पपीडितको राहतको ठेक्कापट्टा गर्नेहरु त केवल सोच्छन् यो बौलाह हो । बौलाएकै सुरमा मन्दिरका इटाँहरु जम्मा गरेर केटाकेटीझै घर बनाउन थाल्छ ऊ ।

आफनो परिवार बनाउन थाल्छ र हेर्दै हास्न थाल्छ आफनो घरलाई । सायद त्यो उसको सम्झनाबाट हराउन नसकेको मायाको सानो घर जहाँ ऊ कान्ता र गीर्वाणको माया मिलेको  थियो । उसको बालापन जस्तो लाग्ने त्यो घरलाई देख्दा  यो रणे बौलायो भन्दथे चिन्नेहरुले । वास्तबमा ऊ एउटा विपतको इतिहास बोकेको आफनो मन परेकी स्वास्नीको चित्र कोरिरहेको थियो त्यो मन्दिरको माटो र ढुङ्गांसँग । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan