Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बस दुर्घटनामा परी २२ घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ५ सोमबार | (रासस)
newsabhiyan

चौतारा, ५ कात्तिक : सिन्धुपाल्चोक चौताराबाट सिपापोखरेको ज्यामिरे मानेतर्फ गइरहेको यात्रुबस आज बेलुका दुर्घटना हँुदा २२ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल चौतारामा लगिएको प्रहरी निरीक्षक हरिकृष्ण केसीले जानकारी दिनुभयो ।

बा२ख ११०६ नंको बस इन्द्रावती गाउँपालिका–९ भोटसिपास्थित मोडमा विपरीत दिशाबाट आएको बलेरो जीपलाई साइड दिने क्रममा ब्याक गर्दा ब्रेक फेल भएर सडकमै पल्टेको स्थानीय जनता माविका प्रधानाध्यापक गुणनिधि लम्सालले बताउनुभयो । प्रहरीका अनुसार बसमा करीब ६५ जना यात्रु सवार थिए । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan