Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राजधानीमा नक्कली नोट बनाउदैँ कारोबार गर्ने ५ जनाको गिरोह पक्राउ (पढ्नुहोस् नालीबेली)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ४ आइतबार |
newsabhiyan
newsabhiyan

 
काठमाडौं । ललितपुर र काठमाडौंका विभिन्न स्थानबाट ३ लाख ७० हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद भएको छ ।

काठमाडौँ प्रहरीले नक्कली नेपाली नोट सहित पाँच जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिवार राति किर्तिपुर नपा मच्छेगाँउ स्थित कृष्णबहादुर क्षेत्रीको घरबाट पक्राउ गरेको हो। 

कारखाना नै खोली नक्कली नोट छाप्ने गरेको परिसरका एसएसपी वसन्त लामाले पत्रकार सम्मेलनमा बताए ।

प्रहरीले उनीहरुको साथबाट नोट छाप्ने मेसिन, मसी,नक्कली नोटको लागि आवश्यक कागज र नक्कली नोट बरामद गरेको छ। थप अनुन्धान समेत भइरहेको पत्रकार सम्मेलनमा उनले बताए ।

नोटहरुसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा मुख्य अभियुक्त इन्द्रबहादुर श्रेष्ठ सहित नारायण श्रेष्ठ ,राज श्रेष्ठ ,साहिल थापा मगर र विकास दोचे रहेकाछन् । 

दशैंको वेला राजधानीमा नक्कली नोटको विगविगी भएको सूचना पाएपछि काठमाडौं प्रहरीले चलाएको अपरेशनका क्रममा नक्कली नोट बरामद भएको हो ।

थप विवरण  


 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan