Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकारी कार्यालयहरु आजबाट

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ४ आइतबार |
newsabhiyan

काठमाडौं, ४ कार्तिक । दशैंको अवधिभर बन्द रहेका सरकारी कार्यालयहरु आजदेखि खुल्दैछन् ।

अघिल्लो वर्षसम्म द्धादशीको दिन पनि विदा हुने गर्दथ्यो । तर सरकारले यो वर्षदेखि घटस्थापना र द्धादशीको विदा कटौती गरेपछि फूलपातिको दिनदेखि बन्द रहेका सरकारी कार्यालयहरु आजबाट सुचारु हुन लागेका हुन् ।

विजयादशमीको टीका लगाउन नपाएका वा नभ्याएकाहरुले आज पनि मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद लिंदैछन् । कोजाग्रत पूर्णिमाको दिनसम्मै आफ्ना कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ । कतिपय मानिसले विजयादशमीका दिन घरमा मात्र टीका लगाउने र त्यसपछि पूर्णिमासम्म आफन्तजनकोमा गएर टीका लगाउँदै आशिर्वाद लिने चलन छ ।


घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको टीका, जमरा र प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म आफूभन्दा अग्रजको हातबाट थापेर आर्शिवाद लिइने परम्परा छ । मान्यजनले टीका लगाइदिंदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने जनविश्वास पनि छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan