Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्थानीय तहबाट दशैँ बजार अनुगमन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ३१ बुधबार | (रासस)
newsabhiyan

परासी, ३१ असोज  : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले दशैँका अवसरमा पहिलोपटक बजार अनुगमन गरेको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार अनुगमन हुँदै आएकामा स्थानीय तहबाटै बजार अनुगमन गर्न निर्देशिका बनेपछि अनुगमन भएको हो ।
अनुगमन क्रममा रामग्राम नगरपालिकाकी उपप्रमुख रम्भा कुँवर आफैँ सदरमुकाम परासी बजारमा निस्कनुभएको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहका उपप्रमुखलाई बजार अनुगमनको संयोजकको जिम्मेवारी दिएको छ । नगरपालिकाले परासी बजारका ३० वटा विभिन्न प्रकृतिका पसलमा अनुगमन गरेको छ ।

अनुगमनको क्रममा अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । अधिकांश मासु पसलले आफ्नै घरबाट मासु काटेर पसलमा ल्याएर बेच्ने, सरसफाइमा ध्यान नदिने गरेको भेटिएको थियो । खशीको मासु भनेर बाख्रीको मासु बेचिरहेको भेटिएकाले घरमै मासु काटेर बेच्नु शङ्कास्पद भएकोले अबदेखि व्यवस्थित बधशालामै काटेर मासु बेच्न निर्देशन दिइएको उपप्रमुख कुँवरले बताउनुभयो ।

यसैगरी किराना, होटल तथा मिठाई पसलमा म्याद नागेका पेय पदार्थ, लेभल नभएका वस्तु बिक्री वितरण भइरहेको भेटिएपछि अनुगमन समितिले जफत गरी त्यस्ता वस्तु नष्ट गरेको छ भने आइन्दा फेरि यस्तो लापर्वाही दोहोरिए कारवाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ ।

उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष रामजी ज्ञवालीले देखावटी अनुगमनभन्दा विज्ञसहित प्रभावकारी बजार अनुगमन हुनुपर्ने माग गर्नुभयो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan