Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दशैँमा घर र डेरा छाेडेर जानेले प्रहरीलार्इ खबर गर्नुहाेस् : प्रहरी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २९ सोमबार |
newsabhiyan

काठमाडौं ,२९ असोज ।  घर र कोठामा ताला लगाएर दसैं मनाउन उपत्यका छोड्दै हुनुहुन्छ भने एकपटक प्रहरीलाई जानकारी गराउन नबिर्सनुहोस् । सुरक्षाको चिन्ता छ भने नजिकैको प्रहरी इकाइमा जानकारी गराए तपाईंको घरको सुरक्षा प्रहरीले गर्नेछ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंका लागि राजधानीबाट बाहिरिनेका घर तथा डेराको सुरक्षाका लागि भन्दै आफ्ना मातहतका निकायलाई असुरक्षित मानिएका घरको सूचना लिन निर्देशन दिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले राजधानीबाट बाहिरिँदा आफ्ना घर वा डेरा असुरक्षित महसुस भए प्रहरीलाई सूचना दिन आग्रह गरे । उनले आफू मातहतका सबै इकाइमा असुरक्षित मानिएका घरको सूचना संकलन गर्न निर्देशन गरिएको बताए ।

‘राजधानीबाट बाहिरिँदा आफ्नो घर तथा डेरा असुरक्षित लाग्यो भने नजिकको प्रहरी इकाइमा खबर गर्न हामी आग्रह गर्छौं । हामीले सबै मातहतका निकायमा त्यस्ता घरको सूचना राख्न निर्देशन गरेका छौं,’ काठमाडौं परिसरका प्रमुख लामाले भने ।

परिसरले सर्वसाधारणको घर, सम्पत्ति रहेको स्थान, विशिष्ट व्यक्ति, महत्वपूर्ण प्रतिष्ठान, मठमन्दिर र गुम्बा रहेको स्थानमा सुरक्षा जोखिम रहने भन्दै त्यस्ता क्षेत्रलाई विशेष निगरानीमा राखिएको बताएको छ ।

त्यस्तै, वित्तीय संस्था, आर्थिक कारोबार हुने क्षेत्र, यातायात सञ्चालन हुने स्थान, व्यापारिक कारोबार हुने ठाउँ र भीडभाड हुने अन्य क्षेत्र, सरकारी कार्यालय, काठमाडौं प्रवेश गर्ने नाका, होटल, गेस्टहाउस र भीआईपी आवतजावत हुने स्थानमा पनि सुरक्षा जोखिम रहने प्रहरीको आँकलन छ । राजधानीबाट 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan