Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रदेशस्तरीय मेडिकल कलेज स्थापना गरिने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २८ आइतबार |
newsabhiyan

महोत्तरी, २८ असोज (रासस) : स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले प्रदेश नं २ मा चाँडै प्रदेशस्तरीय मेडिकल कलेज स्थापना गरिने तयारी भइरहेको बताउनुभएको छ ।

महोत्तरीको औरही–३ मा अवस्थित सोन्फी दशैँ मावि श्रीपुरमा आयोजित प्राविधिक शिक्षालय तथा पुस्तकालय उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै डा यादवले सो कार्यका लागि अहिले जग्गा व्यवस्थापनका लागि पहल भइरहेको स्पष्ट पार्नुभयो ।

औरही नगरपालिकामा रहेका पाँच मावि विद्यालयमा प्राविधिक शिक्षालय स्थापना गरी प्राविधिक जनशक्ति उत्पादन गरिने डा यादवले प्रतिबद्धता जनाउनुभयो । औरही नगरपालिकाका प्रमुख सुनिलकुमार यादवले संस्कार र सोचको परिवर्तन गरेर शिक्षामा परिवर्तनको कल्पना गर्न सकिने धारणा राख्नुभयो । सोन्फी दशैँ माविमा यस वर्षदेखि इन्जिनियरिङ तर्फको अध्ययन अध्यापन शुरु भएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan