Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

धानको उचित मूल्य दिने व्यवस्था मिलाउनुपर्छ ः मुख्यमन्त्री भट्ट

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २६ शुक्रबार |
newsabhiyan

धनगढी, २६ असोज (रासस) : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले किसानलाई न्यूनतम समर्थन मूल्यमा धान बिक्री गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निकायका प्रमुखलाई आज निर्देशन दिनुभएको छ ।

आज यहाँ आयोजित छलफल कार्यक्रममा उहाँले धानको बिक्री गर्दा किसानलाई घाटा व्यहोर्नु नपरोस् र लागतअनुसारको उचित मूल्य पाउने योजना बनाउन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनितादेवी चौधरी, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टको पनि सहभागिता थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan