Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रहरीलाई २०० र ५०० घूस दिन खोज्ने २ जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २६ शुक्रबार |
newsabhiyan

काठमाडौं,२६ असोज । प्रहरीलाई २०० र ५०० घूस दिन खोज्ने २ जना पक्राउ परेकाछन् ।

रामेछाप घर भई हाल ललितपुर, ग्वार्खो बस्ने सहचालक विनोद श्रेष्ठ र  भेषकुमार श्रेष्ठले चलाएको बा५ ख ४४५२ नं।को मिनी टाटा ट्रकमा बालुवा लोड गरी ल्याएको अवस्थामा महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट काँडाघारी चोकमा चेकिङ्गमाखटिएको प्रहरी टोलीले रोकी चोकजाँच गर्न खोज्दा सहचालक बिनोद श्रेष्ठले रु२०० र चालक भेषकुमार श्रेष्ठले रु ५०० दिन खोजेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

ट्रक सहित उनीहरुलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त, बानेश्वरबाट सार्वजनिक मुद्दामा म्याद थपगरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।


लिखत सम्बन्धी अपराध मुद्दामा २ जना पक्राउ
गत २४ गते दिउसो कीर्तिपुर४ को वडा कार्यालयमा कीर्तिपुर ४ को कित्ता नं।७२ क्षेत्रफल ३९०९०९० सल्यानथान पछाडिको जग्गाको वास्तविक मोही शेरबहादुर महर्जनको नाममा का।जि।, की।न।पा।१० ट्याङ्ला घर भई बस्ने वर्ष ६३ को पुण्य प्रसाद खनाल र का।जि।, की।न।पा।४ सल्यानथान घर भई बस्ने वर्ष ६५ को कृष्णहरि दाहाल समेतको मिलेमतोमा वास्तविक मोही शेरबहादुर महर्जनको नाममा नक्कली व्यक्ति खडा गरी पुण्य प्रसाद खनालले आफ्नो नाममा कीर्ते वारिसनामा कागज समेत बनाई जग्गा आफ्नो नाममा नामसारी गर्ने क्रममा रहेको अवस्थामा महानगरीय प्रहरी वृत्त कीर्तिपुबाट खटिई गएको प्रहरी टोलीले दुबै जनालाई नियन्त्रणमा लिएको छ ।
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan