Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ज्येष्ठ नागरिक सम्मानित

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २६ शुक्रबार |
newsabhiyan

काठमाडौँ, २६ असोज (रासस) : ज्येष्ठ नागरिक समाज, नेपालले पाँचजना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

समाजले यहाँ आज सम्मान कार्यक्रमको आयोजना गरी ज्येष्ठ नागरिक चन्दकुमारी जोशी, कृष्णबहादुर विष्ट, वीरबहादुर चौहान, जगनाथ अर्याल र शिवराम खड्कालाई सम्मान गरेको हो ।

सो अवसरमा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले ज्येष्ठ नागरिकले पाउँदै आएको रु दुई हजार वृद्धभत्ता समयअनुसार वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । समाजका अध्यक्ष चिरञ्जीवी कँडेलले ज्येष्ठ नागरिकले आर्जन गरेको ज्ञान, सीप र अनुभवको कदर हुनुपर्ने बताउनुभयो ।

ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ मा यातायात र स्वास्थ्योपचारमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरिए पनि त्यो अहिलेसम्म पूर्णरुपमा कार्यान्वयन आउन सकेको छैन ।

बजार भाउ र महँगीलाई ध्यानमा राखेर ज्येष्ठ नागरिकले पाउँदै आएको वृद्धभत्ता कम्तीमा रु पाँच हजार पु¥याउनुपर्ने माग गर्दै आएका छन् । विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले रु १०० बाट शुरु गर्नुभएको वृद्धभत्ता अहिले रु दुई हजार पुगेको छ ।

विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको सङ्ख्या (६० वर्ष पुगेका) २५ लाखअर्थात् कूल जनसङ्ख्याको ८.१३ प्रतिशत छ । हाल विश्वमा ६० वर्ष पुगेका ज्येष्ठ नागरिक करीब रु ८० करोड रहेको अनुमान छ । यो सङ्ख्या सन् २०५० सम्ममा रु दुई अर्ब पुग्ने अनुमान गरिएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan