Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘स्थानीय विकास तथा पूर्वाधार निर्माणमा युवाको खाँचो’

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २६ शुक्रबार | (रासस)
newsabhiyan
newsabhiyan

काठमाडौँ, २६ असोज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता कृष्णगोपाल श्रेष्ठले मुलुकमा विभिन्न जाति समुदायका चाडपर्व तथा संस्कृतिले सामाजिक एकता अभिवृद्धि गर्ने बताउनुभएको छ ।

नेकपा–१४ बल्खुले दशैँ, नेपाल संवत्, तिहार र छठका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सबै पर्वका सांस्कृतिक पक्षले सामाजिक विकास क्रमलाई सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।

स्थानीय विकास तथा पूर्वाधार निर्माणमा स्थानीय युवाको सक्रियताको खाँचो औँल्याउँदै उहाँले भन्नुभयो, “मुलुकको विकास र समृद्धिका लागि स्थानीय, प्रदेश र केन्द्रबीच समन्वय र सहकार्य आवश्यक छ ।”

सो अवसरमा सांसद विना श्रेष्ठले देशका कला, मौलिक पर्व र संस्कृतिले मानव सभ्यताको विकासक्रमलाई अध्ययन गर्न सहयोग पु¥याउने हुँदा यस्ता पर्वको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

साहित्यकार कृष्णहरि बरालले समय परिवर्तनसँगै बदलिने मौसम तथा प्रकृतिले विभिन्न ऋतुलाई बदल्ने बताउँदै त्यसको प्रभावबाट फरक फरक संस्कृति तथा पर्वको विकास हुँदै गएको विचार व्यक्त गर्नुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan