Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निर्माणका काम छोडेर बामदेवका लागि उपचुनाव हुँदैन : प्रचण्ड

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २६ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाण्डौ, असोज २६ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेता बामदेव गौतमले नै उपचुनाव नलड्ने भनिसकेकाले अब यसबारे कुरा गर्न जरुरी नरहेको बताएका छन् ।

काठमाडौं ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिएर वामदेव गौतम चुनाव लड्ने तयारी थियो । तर, जताततै आलोचना भएपछि गौतम पछि हटे ।

शुक्रबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा दाहालले विकास निर्माण छाडेर उपचुनावमा नलाग्ने बताएका हुन् । 

दाहालले केपी ओली नेतृत्वको सरकारले ६ महिनाको अवधिमा नै विकासको आधार खडा गरेको भन्दै उनले अब देखिने गरी काम हुने बताए । ओली सरकारको गुणगान गाए । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan