Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हात्तीद्वारा धानबालीमा क्षति

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २६ शुक्रबार | (रासस)
newsabhiyan
newsabhiyan

भीमदत्तनगर, २६ असोज । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका तीन वडामा बिहीबार राति जङ्गली हात्तीको बथानले धानबालीमा ठूलो क्षति पु¥याएको छ ।

राति गाउँ प्रवेश गरेका दर्जनौ हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–१, २ र १२ नं वडाका धानबालीमा क्षति पु¥याएको सम्बद्ध किसानले बताएका छन् ।

त्यसैगरी हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा बाढी पीडितका चार टहरा भत्काउनाका साथै यहाँ रहेको सिद्धवैजनाथ माविको पर्खालसमेत भत्काएको छ ।

हात्तीले क्षति पु¥याएपछि आज बिहान सुदूरपश्चिम क्षेत्रका प्रदेशसभा सदस्य लालबहादुर खड्का र शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐरसहितको टोलीले स्थलगत अनुगमन गरेको छ ।

यहाँस्थित झलारी इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख तथा प्रहरी नायब निरीक्षक मनोहर चन्दले हात्तीले धानबालीमा पु¥याएको क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो ।

स्थानीयवासीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्तीको बथान गाउँ प्रवेश गरेको खबर गरेपछि प्रहरीको टोली राति २ बजेसम्म हात्ती धपाउन खटिएको उहाँले जानकारी दिनुभयो ।

हात्ती धपाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीवासी रातभर खटिएका थिए । यसअघि पनि शुक्लाफाँटा नगरपालिकाका विभिन्न वडामा जङ्गली हात्तीको बथानले स्थानीयवासीको धानबाली र घरमा क्षति पु¥याएको उक्त नगरपालिकाले जनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan