Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाकिस्तानमा एक घर भत्किँदा आठ बालबालिकाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २५ बिहिबार |
newsabhiyan

इस्लामावाद, २५ असोज (रासस÷सिन्ह्वा) ः पाकिस्तानमा बिहीबार एउटा घर भत्किँदा कम्तीमा आठ बालबालिकाको मृत्यु भएको छ ।

पाकिस्तानको सिन्ध प्रान्त अन्तर्गत पर्ने सुख्खुरमा घर भत्केर नजिकै चौरमा खेलिरहेका स्थानीय आठ बालबालिकाको मृत्यु भएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् ।
घटनामा परी अन्य चार बालबालिका घाइते समेत भएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।
संवाददाताहरुका अनुसार मृत्यु भएका र घाइते भएका ती बालबालिकाहरु भत्किएको घर नजिकै खेलिरहेका थिए ।
घर भत्किए लगत्तै स्थानीय बासिन्दाले उनीहरूलाई बाहिर निकालेका थिए । उद्धार कार्यमा सरकारी उद्धारकर्ताहरू पुग्न सकेका थिएनन् ।
घटनामा परेका सवैलाई स्थानीयबासिन्दाले तत्काल स्थानीय अस्पतालमा पु¥याएका थिए । ती मध्ये आठ जनालाई अस्पतालले मृत घोषणा गरेको थियो ।
मृत्यु भएका मध्ये छ जना बालक रहेका छन् भने दुई जना बालिका छन् । उनीहरु सवै १२ बर्ष भन्दा कम उमेरका भएको समाचारमा जनाइएको छ ।
घटनामा परी घाइते भएकाहरुको अहिले पनि उपचार भइरहेको अधिकारीहरुले बताएका छन् । सिन्ध प्रान्तका मुख्य मन्त्री सिद मुराद अलि शाहले घाइतेहरुलाई पर्र्याप्त स्वास्थ्य सेवा पु¥याउन निर्देशन दिनु भएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan