Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रु दुई लाख लुट्ने पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २५ बिहिबार |
newsabhiyan

भक्तपुर, २५ असोज (रासस) : रु दुई लाख लुटपाट गरी फरार भएका लुटेरालाई प्रहरीले आज पक्राउ गरेको छ ।

मध्यपुरथिमि नगरपालिका–५ सयपत्री टोलका जया कोइरालाले दशैँका लागि मनि ट्रान्सफरबाट रु दुई लाख झिकेर झोलामा राखी लैजाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले नगद बोकेको उक्त झोला लुटेर भागेका थिए ।

भक्तपुर चाँगुनारायण नगरपालिका– २ दुवाकोट सडकस्थित हनुमन्ते पुलमा नगद बोकेको झोला लुटेर भाग्ने दुई जनामध्ये एक जनालाई लुटेको रकम र सो कार्यमा प्रयोग भएको मोटरसाइकलसहित पक्राउ गरेको छ ।

पक्राउपर्नेमा सिन्धुपाल्चोक बलेफी घर भई हाल मध्यपुरथिमि चपाचो बस्दै आएका २० वर्षीय सुजन तामाङ रहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।

तामाङका साथबाट लुटपाटमा प्रयोग भएको बा९१प ५५१३ नंको मोटरसाइकल र लुटिएको नगद रु दुई लाख बरामद गरेको उहाँले जानकारी दिनुभयो । लुटपाटमा संलग्न अर्को एक जनाको खोजी कार्य भइरहेको पनि प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो ।

प्रनाउ केसीका अनुसार कोइरालाले सल्लाघारीमा रहेको दुई वटा मनिट्रान्सफरबाट रु एक÷एक लाख झिकेर कागजमा पोको पारी झोलामा हालेर घर जाँदै गर्दा मोटरसाइकलमा आएका दुई लुटेराले झोला खोसेर लगेको जानकारी पाएलगत्तै प्रहरीले चौतर्फी नाकाबन्दी गरेर खोजी गरेको बताउनुभयो ।

दशैँको आगमनसँगै चोरी र लुटपाटका घटना हुनसक्ने भन्दै प्रहरीले व्यापक निगरानी बढाएको जानकारी उहाँले दिनुभयो । प्रनाउ केसीले भन्नुभयो, “चाडबाडको मुखमा चोरी, लुटपाट र अन्य अपराधका घटना बढ्न सक्छ, यसलाई मध्यनजर गर्दै हामीले व्यापकरुपमा प्रहरी परिचालन गरेका छौँ ।”

सादा पोषाकका प्रहरी, गस्ती प्रहरी, मोबाइल भ्यान, दिवा र रात्रि गस्ती, एम्बुसिङ, छड्के चेकिङ बढाएको तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको प्रनाउ केसीले बताउनुभयो । अपरिचित व्यक्ति आएमा वा शङ्कास्पद कुनै गतिविधि गरेमा तत्काल प्रहरीलाई खबर गर्नसमेत सर्वसाधारणमा उहाँले आग्रह गर्नुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan