Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ज्येष्ठ नागरिकलाई पर्व भत्ता

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २५ बिहिबार | (रासस)
newsabhiyan

बागलुङ, २५ असोज । गलकोट नगरपालिकाले ८५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई पर्व भत्ता दिने भएको छ । पचासी वर्ष पुगेका ज्येष्ठ नागरिकले वर्षेनी रु तीन हजार पाउनेछन् ।

लगत सङ्कलन भइरहेको र दशैँअगावै भत्ता बाँडिने नगरपालिकाका नगर प्रमुख भरत शर्मा गरैले बताउनुभयो । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिलाई पर्व भत्ता दिने निर्णय नगरसभाबाट गरिएको हो ।

“लगत लिने काम अन्तिम चरणमा छ,” उहाँले भन्नुभयो । ज्येष्ठ नागरिकको जीवनयापन सहज गर्न भत्ता दिने निर्णय भएको गैरेको भनाइ छ ।

“ज्येष्ठ नागरिकको सेवा, सुविधाप्रति हामी संवेदनशील छौँ,” उहाँले भन्नुभयो । नियमित रुपमा पाउने अन्य सामाजिक सुरक्षा भत्ता वितरणलाई पनि सहज बनाइएको छ ।

नगरपालिकाले प्रसूति सेवाका लागि नगरबाहिर जानुपर्ने अवस्थामा महिलालाई यातायात खर्च दिने भएको छ । सदरमुकामसम्म आउन ट्याक्सी भाडाबापत रु तीन हजार उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan