Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विद्युत् उपभोक्ता मर्कामा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २५ बिहिबार | (रासस)
newsabhiyan

राजविराज, २५ असोज । नेपाल विद्युत् प्राधिकरण राजविराज वितरण केन्द्रअन्तर्गतका कर्मचारी आन्दोलनमा उत्रिएपछि उपभोक्ता मर्कामा परेका छन् । मिटर रिडिङ गर्ने कर्मचारी आन्दोलित हुँदा विद्युत्को मासिक शुल्क बुझाउने उपभोक्तालाई कठिनाइ भएको छ ।

समयमा विद्युत् महसुल नतिर्दा राजश्व असुल गर्न समस्या भइरहेको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताउनुभयो । “अहिले उपभोक्ता आफैँ मिटरको अङ्क टिपेर विद्युत् प्राधिकरणलाई बुझाउन बाध्य छन्,” उहाँले भन्नुभयो । न्यून ज्यालादारीमा काम गर्दै आएका कर्मचारीको व्यवस्थापन नगरिएको र सेवा सुविधाबाट समेत वञ्चित गरिएको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

मिटर रिडिङ गर्दै आउनुभएका दुर्गानन्द यादव सप्तरीका मिटर रिडरले १६ वर्षदेखि निरन्तर काम गर्दैआएपनि व्यवस्थापन नगरिएको बताउनुहुन्छ । वितरण केन्द्रका प्रमुख साह चाँडै उनीहरुको समस्या समाधान गरिने बताउनुहुन्छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan