Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लागु औषध कारोबारको आरोपमा कपडा व्यवसाय जयसवाल पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २५ बिहिबार |
newsabhiyan
newsabhiyan

दिनेश ठाकुर, नेपालगञ्ज, २५ असोज । जिल्ला प्रहरी कार्यालय बाँकेले लागु औषध विरुद्ध सक्रियता बढाइरहँदा एकजना कपडा ब्यवसायी लागु औषध कारोबारको आरोपमा पक्राउ परेका छन् ।

यो घटनापछि नेपालगन्जमा कपडा पसलको आडमा लागुऔषध ब्राउनसुगरको डिलर नै सञ्चालन गर्ने गरिएको खुलासा भएको छ ।

नेपालगन्ज उप–महानगरपालिका २ न्यूरोडमा रहेको सत्यम फेन्सी बस्त्रालयका सञ्चालक अरुण कुमार जयसवालबाट ठूलो मात्रामा ब्राउनसुगर बरामद भएपछि निजले डिलर नै सञ्चालन गरेको खुल्न आएको हो ।

बाहिरबाट हेर्दा ठूलो लागतको लाग्ने कपडा पसल सञ्चालन गरेका जयसवालले लागुऔषध ब्राउनसुगरको ठूलो धन्दा चलाउने प्रहरीले बिशेष सुराकीबाट चाल पाएको

थियो ।

प्रहरीले दश हजारको ब्राउनसुगर बेच्न ठिक्क पारेका जयसवालको पसलमा छापा मारेर २३ ग्राम ४ सय मिलीग्राम ब्राउनसुगर फेला पारेको छ ।

 नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बाँकेको टोलिले जयसवाललाई ब्राउनसुगरसहित नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके उच्च स्रोतका अनुसार, उनले कपडा पसलको नाममा लागुऔषध ब्राउनसुगरको ठूलो कारोबार गर्दथे ।

बाहीबारबाट हेर्दा कपडा व्यवसाय देखिएपनी भित्र रुपमा उनले ब्राउनसुगरको डिलर नै सञ्चालन गर्ने गरेको प्रहरीको भनाई छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan