Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तीर्थ गएका विनोद बेपत्ता

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २५ बिहिबार | (रासस)
newsabhiyan

कावासोती, २५ असोज । तीर्थका लागि भारत गएका नवलपरासी देवचुली नगरपालिका–२ दुम्कौलीका ३६ वर्षीय विनोद महतो बेपत्ता भएका छन् ।

असोज १९ गते भारतको गयाबाट भाइ बेपत्ता भएको उहाँका दाजु शिव महतोले जानकारी दिनुभयो । उहाँ १७ गते तीर्थका लागि भारत जानुभएको थियो ।

नेपालबाट तीर्थका लागि गएको टोली बुधबार घर फर्किएको तर भाइ भने बेपत्ता भएको उहाँले बताउनुभयो । गाउँका करीब ५० जनाको समूह तीर्थका लागि गएका थिए ।

विनोद अन्य साथीसँगै रहेकामा भारतको गयामा खाना खाने क्रममा छुटिएका थिए । त्यसपछि सँगै गएका साथीहरुको सम्पर्कमा नआएपछि भारतीय प्रहरीलाई समेत जानकारी दिई खोजी गर्दा फेला नपरेको दाजु शिवले बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan