Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एक लाख ४० हजार घुस रकमसहित बौद्ध प्रहरी प्रमुख डिएसपी पक्राउ - अपडेट

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २० शनिबार |
newsabhiyan
newsabhiyan

 काठमाडौं । महानगरीय प्रहरी वृत्त, बौद्धका प्रमुख डिएसपी श्यामकुमार राई घुससहित  पक्राउ परेका छन् ।

रु एक लाख ४० हजार घुस रकमसहित बौद्ध प्रहरी प्रमुख डिएसपी राई पक्राउ परेको समाचार स्रोतले जनाएको छ ।

उनले बौद्ध क्षेत्रमा व्यापारीहरूबाट रकम असुली गरेर आतंक मच्चाएको बारेमा पटक पटक महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी परेको थियो ।

प्रहरी प्रधान कार्यालयमा समेत उजुरी परेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिबार उनलाई पक्राउ गरेको हो । 

स्रोतका अनुसार उनले मदुदा् मिलाइदिने भन्दै घूस लिएका थिए ।

राई यस अघि पोखरा स्थित अख्तियारको कार्यलयमा समेत रहेका थिए ।  

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राखी अनुसन्धान गरिने भएको छ । 

अध्यावधिक गरिएको 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan