Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निर्मलालाई न्याय कहिले ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ६ शनिबार |
newsabhiyan
newsabhiyan

 मुलुकमा संघीयता सहितको नयाँ संविधान आयो । संविधान दिवस पनि मनाइयो । नयाँ संविधानमा नियम, कानुन, लोकतन्त्र, प्रजातन्त्र सबै लेखिए । तर नियम कानुन लेखिए मात्र । त्यसको कार्यान्वयन भने देखिएन ।

देशमा दिनप्रति हत्या, हिंसा, बलात्कार, लुटपाट र अराजकताले जरो गाडेको छ । शान्ति सुरक्षाको प्रत्याभुति जनताले पाउन सकेका छैनन् ।

पछिल्लो समय त झन् असुरक्षित बन्दैै गएको सर्वसाधरण जनताको गुनासो छ । बाटोमा हिड्दा असुरक्षित, घरमा बस्दा असुरिक्षत, आखिर सुरिक्षत कता त ? खोज्नु पर्ने बेला आएको छ । दिनदहाडै हाम्रा छोरा छोरी , दिदी बहिनी असुरक्षित बन्दै गएका छन् । देशमा नियम कानुन छ की छैन ? आम सर्वसाधरण प्रश्न गर्न थालेका छन् ।

त्यसो त कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी १३ वर्षिय निर्मला पन्तका आमाबाबु न्याय खोज्दै सुदूरपश्चिमको कञ्चनपुरबाट  राजधानी काठमाडौं  आएर फर्किए ।  स्थानीय प्रहरी, प्रशासन र राजनीतिक नेतृत्वले हत्यारा खोज्न  हैन  प्रमाण  मेटाउन  लागिपरेको  उनीहरूको आरोप थियो ।

अहिले घटना क्रम पनि त्यस्तै देखियो । न्यायको लागि घाटी सुकाउने मात्र होइन आमरण अनसननै बस्नु परेका उदाहरणहरु कायमै रहेका छन् ।

  निर्मलाका आमाबाबु न्याय खोज्दै प्रधानमन्त्री ओलीदेखि नेपाल प्रहरीका आईजीपी सर्बेन्द्र खनाललाई भेटे । कुरो खाली न्यायमात्र हो अरु कुनै आशा थिएन । भेट पछि निर्मला पन्तका बुबा आमाले आशा जगाए । उनीहरु लागे जिल्ला तर्फ । के निर्मलाले न्याय पाउलिन अझै संकोच छ । आखिर कहिले ?


काठमाडौंको माइतिघर मण्डलामा निर्मलाका निम्ति न्याय अभियान अन्तरगत प्रदर्शनका क्रममा न्याय हराउने चिन्ता ब्यक्त गरेका बुबा आमाले  आईजीपी सर्बेन्द्र खनाललाई भेटे पछि न्याय पाउने आशा जागेको बताए । बालिका निर्मला पन्तको हत्याको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गर्यो ।

त्यसो त  विशेषगरी  अहिले  निलम्बन रहेका  तत्कालीन  स्थानीय  प्रहरी  प्रमुखले  बढी  नै ज्यादती  गरेको  निर्मलाका  आमाबाबुमात्र  हैन घटनाबारे  जानकारी  राख्नेहरूले  बताएका  छन् । स्थानीय  प्रहरी निर्मलाका हत्यारा जोगाउन लागेको देखेपछि  आक्रोशित  कञ्चनपुरवासीले  सडकमा उत्रेर विरोध गरेपछि सरकारले केही सक्रियता त देखायो  तर  परिणाम  देखिएको  छैन ।

  प्रहरीले  अभियुक्तका  रूपमा  प्रस्तुत  गरेको  व्यक्ति  डीएनए परीक्षणबाट निर्दोष ठहरिएपछि अनुसन्धानकर्ताको नियत र क्षमता दुवैमा प्रश्न उठेकोे छ ।

सायद, यही कारणले ठेलामा पानीपुरी र चटपटे बेचेर गुजारा चलाउने  निर्मलाका  आमाबाबु  न्याय  खोज्न राजधानीसम्म आएका हुन्  तर,  प्रहरीले  नै  प्रमाण  संरक्षण गर्नुको  साटो  मेटाएको  देखिएकाले  घटना  केही समयपछि  सामसुम  हुने  सन्देह  गर्नु  अस्वाभाविक  होइन ।

सरकारले नै अपराधी बचाउन खोजेपछि आफूहरूको छोरीले न्याय पाउने अब कुनै सम्भावना नदेखेको निर्मलाकी आमा दुर्गादेवीले बताइन् ।

छोरीका हत्यारा पक्राउ पर्लान् र छोरीलाई न्याय देला भन्ने आशा थियो झन् शंका बढ्दै गएको छ । डेढ महिनासम्म पनि न्यायको आस जीवितै राखे पनि अब भने त्यो पनि मरेको उनको भनाइ छ ।

आखिर न्यायको लागि यती ढोका घच्घचाउन पर्ने हाम्रो समाजमा अरु निर्मलाहरुले न्याय पाउलान त ? आखिर निर्मला हत्या काण्ड किन रहस्यमय बन्दै गएको छ ? आशा गरौं सत्य तथ्य छानविन गरी निर्मलाले न्याय पाउछिन र पाउनुपर्छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan