Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संविधान दिवसमा विभूषित हुनेमा पुष्पलालदेखि सन्दिपसम्म

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज ३ बुधबार |
newsabhiyan

काठमाडौं । संविधान दिवसका आवसरमा सरकारले ४ सय २१ जनालाई विभूषित गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज उनीहरुलाई विभूषित गर्न लागिएको हो ।
दिवसको अवसरमा राजनीतिज्ञ, चिकित्सक, पत्रकार, प्रशासक, समाजसेवी, साहित्यकार, कलाकार, खेलाडीलगायत विभिन्न पेशा तथा व्यवसाय आवद्ध व्यक्तित्वहरुलाई मानपदवी, अलंकार र पदक प्रदान गर्ने परम्पराअनुरूप विभूषित गरिदैछ ।

गृह मन्त्रालयका अनुसार पुष्पलाल श्रेष्ठलाई सबैभन्दा ठूलो पदक नेपाल रत्न मरणोपरान्त प्रदान गरिएको छ ।

महाउज्ज्वल राष्ट्रदीप ९प्रथम श्रेणी० मरणोपरान्त गजेन्द्रनारायण सिंह र अम्बर गुरुङलाई दिइएको छ । यही मानपदबी संस्कृतिविद् सत्यमोहन जोशी र राष्ट्रकवि माधव घिमिरेले पनि पाएका छन् ।

सुप्रसिद्ध प्रवल जनसेवाश्री पाउनेमा हालै प्रधानन्यायाधीशमा नियुक्त ओमप्रकाश मिश्र छन् । यो पदक मिश्रलाई मात्र प्रदान दिइएको छ ।

उज्ज्वल कृतिमय राष्ट्रदीप पाउनेमा इतिहासकार तथा समाजशास्त्री डा। बालकृष्ण पोखरेल र संस्कृतिविद् जगमान गुरुङ छन् ।

पदक पाउनेमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता स्व। पुष्पलालदेखि युवा क्रिकेटर सन्दीप लामिछानेसम्म छन् ।

विभूषणका लागि छनोट भएकाहरुलाई शीतलनिवासमा एक समारोह आयोजना गरेर राष्ट्रपतिले विभूषित गर्ने गृह मन्त्रालयले जनाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan