Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वामदेवको सपना बर्वात !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असोज २ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ, २ असोज । वामदेवको सपना बर्वात भयो । नेकपा भित्र यस्तै चर्चा चुलिएको छ । वामदेव गौतम जनताबाट चुनिएर आउन चाहेका थिए । सबै सपना पानीका फोका सरह भयो ।

नेकपाका सचिवालय सदस्य वामदेव गौतम डोल्पाबाट उपनिर्वाचनमार्फत् संसद्मा आउने सपना र योजनामा ‘ब्रेक’ लागेको छ । डोल्पाका सांसद तथा पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले राजीनामा दिन अस्वीकार गरेपछि गौतमको डोल्पा जाने बाटो बन्द भएको बताइएको छ ।

यसअघि गत भाद्र १५ गते सांसद् बुढाले राजीनामा गर्ने र डोल्पाबाट गौतम सांसद् बन्ने व्यापक चर्चा चलेको थियो । सांसद बुढा जिल्ला गएपछि जनताले राजीनामा नगर्न दबाब दिएकाले गौतम विचल्लीमा परेको जानकारहरुले बताएका छन् ।

आफ्नै गृहजिल्ला बर्दियाका जनताले गौतमको प्रवृत्तिलाई विश्वास नगरी चुनावमा हराइदिएका थिए । गौतमलाई सांसद बनाउन नेकपा अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको भन्दा अर्का अध्यक्ष पुष्पकमल दाहालको जोडबल रहेको बताइएको छ ।

नेकपामा अन्य नेताहरुको मौन समर्थन रहे पनि प्रधानमन्त्री ओलीले साथ नदिएसम्म सांसद् बन्न गाह्रो देखिएको छ ।

गौतमलाई सांसद् बनाउनुपर्ने प्रष्ट आधार संसद्मा वामदेवको आवश्यकताको बारेमा ओलीले नै रुचि नदेखाएपछि दाहालले आफ्नो स्वार्थका लागि मात्र चाहेर नहुने नेकपावृत्तमा चर्चा चलेको छ ।

यद्यपि गौतमलाई सांसद् बनाउन पूर्वी रुकुम र प्यूठानबारे छलफल चलेको भएता पनि पार्टीभित्रै अन्तरविरोध रहेकाले सम्भावनाका ढोकाहरु लगभग बन्द भएको समाचारमा जनाइएको छ ।

उता अर्का नेता पुर्व डिआईजी नवराज सिलवाललाई समेत प्रयोग गरेर संसद भवन प्रबेश गर्ने तयारी थियो । त्यो पनि पार पाउन सकेन ।

वाम गठबन्धनका सूत्रधार मानिने गौतमलाई मात्र सांसद् बनाउँदा अर्का नेता नारायणकाजी श्रेष्ठलाई अन्याय हुने चर्चाले सबै कुरा ओझेलमा परेको चर्चा पार्टी भित्र चलेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan