Saturday 17th of November | २०७५ मङ्सिर १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निर्मला प्रकरण सरकारको अग्नि परीक्षाः अध्यक्ष केसी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २९ शुक्रबार |
newsabhiyan

भीमदत्तनगर, २९ भदौ (रासस) ः राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले कञ्चनपुर भीमदत्तनगरपालिकाका १३ वर्षीया बालिका निर्मला हत्या प्रकरण सरकारको अग्नि परीक्षा भएको बताउनुभएको छ ।

अनेरास्ववियु छैठौँको दशौँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “बलात्कारी र हत्यारालाई अहिलेसम्म सरकारले पक्राउ गर्न नसक्नु ज्यादै दुःखद विषय हो ।”

अध्यक्ष केसीले अनुसन्धान लम्ब््याउने र जनताले घटना बिर्सदै जान्छन् भन्ने सोच त राज्यको छैन भन्दै “अपराधी लुकाउने षड्यन्त्र भए निर्मला मारिएका÷मा¥यै हुन्छन्, त्यसैले अपराधीले उन्मुक्ति पाउनु हुँदैन्”, भन्नुभयो ।

फरक प्रसङ्गमा उहाँले आर्थिक, सामाजिक र भौतिक कारणले पनि मुलुकले सङ्घीयता धान्न नसक्ने बताउँदै समृद्धि, राष्ट्रिय सद्भाव र एकताका लागि पनि मुलुकमा सङ्घीयता आवश्यक नभएको धारणा व्यक्त गर्नुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan