Thursday 20th of September | २०७५ असोज ४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शिखर वार्ताका लागि मुन सिधा उडानबाट प्योङयाङ जाने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २९ शुक्रबार | (रासस÷एएफपी)
newsabhiyan

सोल, २९ भदौ : दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन कोरियाली शिखर वार्ताका लागि सिधा उडानमार्फत् वार्तास्थल जानुहुने भएको छ ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्ताका लागि उहाँ सिधा उडानबाट पश्चिमी सामुद्रिक सिमा क्षेत्र पार गरेर जानुहुनेभएको हो ।


दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले शुक्रबार दिएको जानकारी अनुसार मुन र उहाँको प्रतिनिधि मण्डल शिखर वार्ताका लागि उत्तर कोरियाको राजधानी प्योङयाङ जान लागेको छ ।


दुई शीर्ष नेताहरुबीच यही सेप्टेम्बर १८ देखि २० तारिख सम्म प्योङ्याङ्मा वार्ता गर्ने तयारी भएको छ ।


शीर्ष नेताहरुको वार्ता अगाडी दुवै देशका वरिष्ठ अधिकारीहरुबीच वार्ता हुने कार्यतालिका रहेको छ । सो वार्ताका लागि दक्षिण कोरियाली वरिष्ठ अधिकारीहरुको टोली भने सेप्टेम्बर १६ तारिखमा उत्तर कोरियामा अवतरण गर्नेछ ।


शिखर वार्ता अन्तर्गत सवैभन्दा महत्वपूर्ण मानिने शीर्ष नेताहरुको पहिलो भेटवार्ताको प्रत्यक्ष प्रसारण गर्न दुवै पक्ष सहमत भएका छन् ।


उहाँहरुबीच झण्डै पाँच घण्टा वार्ता हुने बताइएको छ । स्थानीय समय अनुसार दिउसो २ बजेपछि सुरु हुने भेटवार्ता कुनै विश्राम विना निरन्तर चल्ने कार्यतालिका छ ।


शीर्ष नेताहरुको छलफलका एजेण्डाहरुका बारेमा भने अहिलेसम्म विस्तृतमा जानकारी नगराइएको समाचारमा जनाइएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan