Thursday 20th of September | २०७५ असोज ४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल इन्स्योरेन्सद्धारा बीमा वापतको रकम हस्तान्तरण

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ ३ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३ भदौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले उपचारको क्रममा मृत्यु भएका एक सशस्त्र प्रहरी जवानको श्रीमतीलाई बीमा वापतको दुई लाख रुपैयाँको चेक प्रदान गरेको छ ।

सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक संजयविक्रम राणा तथा सो वीमा कम्पनीका प्रमुख डा. प्रणव सेनले भाद्र ३ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सशस्त्र प्रहरी जवान स्व. अर्जुन बस्नेतकी श्रीमती विष्णुलक्ष्मी कार्कीलाई उक्त चेक प्रदान गरेका हुुन ।

सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय मोरङ्ग नम्बर १ बाहिनीमा कार्यरत निज सशस्त्र प्रहरी जवान स्व. बस्नेत गत जेठ २३ गते झापा जिल्लाको अर्जुनधारा नगरपालिका ८ स्थित एक होटलको छतबाट खसेर घाईते भएका थिए ।

त्यसपछि उनलाई उपचारको लागि पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल अस्पताल पकली सुनसरीमा लगिएको त्यहाँ उपचार हुन नसकेपछि बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याइएकोमा जेठ २४ गते उनको मृत्यु भएको थियो ।

नेपाल इन्स्योरेन्स र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा २०७४ पौष ६ गते सशस्त्र प्रहरी बल नेपालमा कार्यरत २० जना गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीको एक वर्षे जीवन बीमा गरिएको थियो ।

गोताखोर तालिम प्राप्त गरेका निज सशस्त्र प्रहरी जवान स्व. अर्जुन बस्नेत विपदको पूर्व तयारी तथा खोज उद्धार सम्बन्धि अनुशिक्षण तालिमको लागि प्रशिक्षकको रुपमा उक्त स्थानमा खटिएको वेला सो दुर्घटना भएको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan