Saturday 17th of November | २०७५ मङ्सिर १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फिजी र इन्डोनेसियामा भूकम्प, क्षतिको विवरण आउन बाँकी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ ३ आइतबार | (रासस/एएफपी)
newsabhiyan
newsabhiyan

सिड्नी, ३ भदौ । फिजीमा आइतबार ८.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प आएको छ ।

अमेरिकी भूगर्भ मापन केन्द्रले जमिनको सतहबाट भूकम्पको केन्द्र ५६३ किलोमिटर तल रहेकाले सुनामीको खतरा नभएको बताएको छ ।

फिजीका अधिकारीहरुले अहिलेसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको जानकारी दिएका छन् ।

स्थानीय समय अनुसार राति १२.१९ बजे राजधानी सुभादेखि ३६१ किलोमिटर टाढा पर्ने ठाँउमा भूकम्प गएको हो ।

भूकम्पपछिका परकम्पहरु पनि आइरहेका अधिकारीहरुले जनाएका छन् । भूकम्पले सबैभन्दा बढी असर भिटी लाउ पहाडी क्षेत्रमा परेको छ ।

त्यसैगरी इन्डोनेसियाको लोम्बोक वरपर पुनः भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेका अनुसार बिहान ४ बजेतिर ६.३ रिक्टर स्केलको भूकम्प गएको हो ।

गत साताका भूकम्पबाट ठूलो क्षति व्यहोरेको लोम्बोक क्षेत्रमा पुनः आएको भूकम्पका कारण मानिसहरु त्रसित भएका थिए । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan