Thursday 20th of September | २०७५ असोज ४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पुल बगाएपछि आवागमन ठप्प

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ ३ आइतबार | (रासस)
newsabhiyan

चौतारा, ३ भदौ । गए राति मुसलधारे वर्षापछि आएको बाढीेले बाह्रबिसे बजारको पक्की पुल बगाएको छ ।

बाढीले बाह्रबिसे नगरपालिका–३ र ४ को बीचमा रहेको साँदी खोलाको पुल बगाएको हो । पुल बगाएपछि उक्त क्षेत्रमा आवागमन ठप्प भएको छ । बजार क्षेत्रका २२ घरमा बाढी पसेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापाले जानकारी दिनुभयो ।

अरनिको राजमार्गमा पर्ने ४० फिट लामो सो पुल चीन सरकारले २०२४ सालमा निर्माण गरेको हो । बाढीका कारण सडक सतहभन्दा करीब पाँच फिटसम्म ढुङ्गा र माटो थुप्रिएको छ । खोलाको पानी घरभित्र पस्न थालेको छ । स्थानीयबासी बाढीका कारण त्रसित छन् ।

पहिरो पन्छाउन तीन स्काभेटर प्रयोग गरिएको छ । “पहिरो पन्छाउन समय लाग्छ,” प्रहरी निरीक्षक थापाले भन्नुभयो ।

पुलको ठाउँमा बेलीब्रिज राख्ने तयारी भइरहेको सडक डिभिजन कार्यालय चारिकोटका डिभिजन इन्जिनियर अशोक तिवारीले बताउनुभयो ।

पुल बगाएपछि खोर्लानीबारीका बासिन्दालाई दैनिक किनमेल गर्न बाधा पुगेको छ । पुल बगेपछि बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिका बासिन्दा प्रभावित बनेका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan