Saturday 17th of November | २०७५ मङ्सिर १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रिहा भएको प्रकाण्डलाई यस कारण मानवअधिकारको गाडीबाट खोसियो, नयाँ मुलुकी ऐन लागुः प्रहरी र अदालत नै अन्योलमा

प्रधानमन्त्रीले भन्यो करका कुरा अतिरञ्जित मात्र हो

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २ शनिबार | Patrapatrika
newsabhiyan
newsabhiyan

भाद्र २, काठमाडौं । केरेलामा भिषण बाढी पहिरो मर्नेको संख्या ३४० नाघ्यो

दक्षिण भारतको केरेला राज्यमा  बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या ३ सय ४२ पुगेको छ ।  केरेलाको कासरगोड बाहेक सबै जिल्लामा  राज्य सरकारले रेड अर्लट जारी गरेको छ । 

मौसम विभागले १३ जिल्लालाई उच्च जोखिमको सूचीमा राखेको छ ।  केरेलाका मुख्यमन्त्री पिनराई विजयनले बाढी पहिरो प्रभावितका लागि उद्धार र राहतको  कार्य भइरहेको बताउनुभएको छ । सरकारद्वारा बनाइएका शिविरमा करीब २ लाख मानिसले शरण लिइरहेको भारतीय सञ्चारमाध्मले उल्लेख गरेका छन् । 

हेलिकप्टर तथा डुङ्गाको सहायतामा उद्धार जारी छ । मौसम विभागले अझै केहीदिन भारी वर्षा हुने भन्दै सतर्क रहन  र सुरक्षित स्थानमा जान सर्वसाधारणमा अपिल समेत गरेको छ । समाचार कान्तिपुरमा छ ।


सुतेको सुत्यै मृत्यु हुनुको रहस्य यस्तो


राति जाउलो खाएर सुतेका ३६ वर्षीय प्रकाश दाहाल राति अचेत अवस्थामा फेला परे । उपचारका लागि नर्भिक अस्पताल पुर्‍याउँदा उनको निधन भइसकेको थियो । २ मंसिर २०७४ मा उनको निधन भयो ।

– छाति दुखेपछि पत्नीलाई मालिस गर्न लगाएर सुतेका अरुणकुमार चौधरीलाई बिहान उठाउन खोज्दा मृत भेटिए । बाँके बेतहनीका ५० वर्षीय चौधरीको २ जेठ ०७५ बिहान निधन भयो ।

– ८२ वर्षको उमेरमा बौद्ध आरुवारीस्थित निवासमा वरिष्ठ कलाकार तथा साहित्यकार मनुजबाबु मि श्रको निधन भयो । २३ साउन ०७५ मा उनको निधन पनि अचानक भएको थियो ।

– ५५ वर्षीय कांग्रेस स्याङ्जा जिल्ला सभापति कमलप्रसाद पंगेनीलाई सुतिरहेकै अवस्थामा ह्दयघात भयो । २० साउन २०७५ मा उनको पनि निधन भयो ।

नसर्ने रोगमध्ये अग्रपंक्तिमा पर्ने मुटुको रोगले जुनसुकै उमेरका व्यक्तिको ज्यान जाने क्रम बढेको छ । पछिल्लो समय राति सुतेको अवस्थामा ज्यान जानुमा मायोकार्डियल इन्फ्राक्सन मुख्य कारण भएको मुटुरोग विशेषज्ञहरू बताउँछन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा।मनबहादुर केसीका अनुसार, मायोकार्डियल इन्फ्राक्सनका कारणले सुतिरहेको बेला मृत्यु हुन सक्ने जोखिम बढी देखिएको छ । उनी भन्छन्, ‘मुटुमा रगत आपूर्ति गर्ने नलीमा ब्लकेज हुँदा मायोकार्डिइल इन्फाक्सन भइ मृत्यु हुनेगर्छ ।’ मायोकार्डियल इन्फ्राक्सन हुँदा मुटुको मांसपेशी ९मसल्स० मा क्षति पुग्छ । रगत आपूर्ति बन्द हुन पुग्छ । डा। केसीका अनुसार, अचानक मृत्यु हुनुमा मायोकार्डियल इन्फ्राक्सनसहित अन्य ६ वटा कारण छन् ।

१, मायोकार्डियल इन्फ्राक्सन

मुटुमा रगत आपूर्ति गर्ने नलीमा ब्लकेज भएको अवस्थामा मुटु नचल्ने हुन सक्छ वा मुुटुको चालमा गडबडी ९भिटी वा भिएफ० आई प्रभावकारी रुपमा रक्तसञ्चार नहुने हुन्छ ।

रक्तसञ्चार प्रभावकारी नहुँदा अचेत भइ बिरामीको मृत्यु हुन सक्छ । डा। केसी भन्छन्, ‘ऐया भन्न पनि पाउँदैन । सुतिरहेको बेला मुटु बन्द भयो भने चलमलाउने हुँदैन । जस्तो सुतेको उस्तै अवस्थामा मृत्यु हुनसक्छ ।’ अचानक ज्यान जानुमा झन्डै ८० प्रतिशत कारण मायोकार्डियल इन्फ्राक्सन भएको डा। केसीको भनाइ छ ।

लक्षण नदेखिइकनै मायोकार्डियल इन्फ्राक्सन हुन सक्ने केसी बताउँछन् । ३० वर्ष नाघेका व्यक्तिको वजन अत्यधिक छ वा परिवारका कुनै सदस्यलाई मुटुको समस्या भएको छ वा धेरै जोखिम छन् भने मायोकार्डियल इन्फ्राक्सन हुने जोखिम धेरै हुन्छ । तसर्थ यस्ता व्यक्तिहरु बढी नै सजग हुनु पर्ने चिकित्सकको सुझाव छ ।

२, मुटुको चालमा गडबडी (भिटीरभिएफ)

ह्दयाघात भइसकेको वा अन्य प्रकारका मुटुरोगीको कुनै पनि समयमा मुटुको चालमा गडबडी ९भिटी÷भिएफ० आउन सक्छ । यस प्रकारको गडबडीले कार्डियाक एरेस्ट भई आकस्मिक मृत्यु हुन सक्छ ।

३, मुख्य धमनी फुट्ने समस्या

जन्मँदा नै मुटुको कुनै संरचना बिग्रेको छ अर्थात् जन्मजात मुटुको मुख्य नलीको बनावटमा क्षति पुगेको छ भने त्यस्तो व्यक्तिको पनि सुतेकै अवस्थामा निधन हुन सक्छ । मुटुले रगत पम्प गर्दा मुख्य धमनीमार्फत् शरीरमा रगत पठाउँछ । कहिलेकाहीँ त्यो मुख्य धमनी वा पिँधमा भएको भाग प्याट्ट फुट्न सक्छ । त्यो फुटेर मुटुभित्रै रगत फर्कियो भने अप्ठ्यारो भएको र दुःखेको महसुस हुन सक्छ ।

तर, मुटुबाहिर रगत बगी बाहिर खोलमा पुग्यो भने एक मिनेटभित्रै मुटुबाहिर खोल नै भरिन्छ । त्यस्तो अवस्थामा मुटु चल्दैन । मुटुको नली फुट्यो वा रगत मुटु बाहिर गयो भने शरीरमा क्षणभरमै रगत सकिन्छ । चल्मलाउन पनि नसक्ने हुन्छ । सुतेको अवस्थामा यस्तो भएको छ भने सुतेको सुत्यै ज्यान जान सक्छ ।

४, च्यानलोप्याथी

मुटुको धड्कनलाई सन्तुलित पार्न सोडियम, पोटासियम, क्याल्सियमलगायत लवणले सन्तुलन मिलाइरहेको हुन्छ । मानसिक तनाव, ज्वरोलगायत पक्षले च्यानलोप्याथीमा असर पुर्‍याउन सक्छ । च्यानलोप्याथीमा गडबडी भएको अवस्थामा पनि मुटु चल्ने वा नचल्ने ९भिटी÷भिएफ० हुन्छ । जसले व्यक्तिको अचानक मृत्यु हुन सक्छ । च्यानलोप्याथी वंशाणुगत डिसअर्डरले हुने समस्या हो ।

५, रगतको थेग्लो जम्दा (पल्मोनरी इम्बोलिज्म)

खुट्टा वा शरीरको कुनै भागमा चोट लागेको अवस्थामा रगतको थेग्लो ९क्लट० शिरामा जम्मा हुन सक्छ । सुतेको बेला शिरामा जमेको त्यो रगत फर्केर मुटुको दायाँतर्फ जान सक्छ । मुटुले फोक्सोमा रगत पम्प गर्छ । रगतको थेग्लोले फोक्सोमा रहेको रगतको नली बन्द गर्न सक्छ । जसलाई पल्मोनरी इम्बोलिज्म भनिन्छ । हातखुट्टामा चोट लागेको छ वा अप्रेसन गरी सुतेको अवस्थामा तथा बस वा प्लेनमा बसेर लामो यात्रा गरिएको छ भने पनि खुट्टामा रगत जम्न सक्छ । त्यसैले बसेको बस्यै पनि गर्नु हुँदैन । खुट्टा चलाइरहनु पर्छ ।

रगतको नलीमा सामान्य असर परेको छ भने पनि बिरामीलाई श्वास फेर्न गाह्रो हुन्छ । छाती दुख्छ तर फोक्सोको मुख्य रक्तनलीमा ठुलो थेग्लो जमेको छ भने मानिसको तुरुन्तै ज्यान जान सक्छ । रगत जम्मा हुने थेग्लो अर्थात् क्लटलाई डिप भेन थ्रम्बोसिस ९डिभिटि० भनिन्छ । सुर्तीजन्य पदार्थको अत्यधिक सेवन गर्ने व्यक्तिलाई पनि यो जोखिम रहन्छ ।

६, मस्तिष्कघात

मुटु र फोक्सोलाई नियन्त्रण गर्ने मस्तिष्कको जुन भाग हुन्छ त्यस भागमा मस्तिष्कघात भएमा मानिसको अचानक मृत्यु हुन सक्छ ।

हेलचक्र्याईं नगरौं

कुनै लक्षण नै नदेखीकन जँचाउन जाँदा धेरैलाई मुटुसम्बन्धी समस्या भएको पाइएको छ । कसैलाई हिँड्दा छाती दुख्ने, स्वाँ स्वाँ हुने, रिँगटा लाग्ने तथा मुर्छा पर्नेजस्तो समेत हुन सक्छ । त्यति हुँदा पनि मतलब नगर्नेहरूलाई अचानक मुटुको समस्याले सताउने गर्छ ।

हिँड्दा छाती दुख्ने, अस्वाभाविक ढंगले दम बढ्ने, हिँडिरहेको बेला आँखाअगाडि कालो देखिने, बेहोस हँुलाजस्तो हुने लक्षण देखा परेका व्यक्तिले विशेष ध्यान दिनु पर्छ । पहिले नै मुटुको समस्या भएका व्यक्तिले त झनै ख्याल गर्नु पर्छ । मुटुको रोग छैन तर आफ्नो परिवारभित्र ९काका, फुपु एवं मावलीतिर अचानक मृत्यु भएको० छ भने पनि सतर्क हुनु पर्छ ।

धुम्रपान र अत्यधिक मद्यपान गर्ने व्यक्तिले विशेष ध्यान दिन जरुरी भएको डा। केसी बताउँछन् । आफ्नो खानपान तथा जीवनशैली अनुशासनयुक्त छैन र परिवारका कुनै सदस्यलाई मुटुसम्बन्धी समस्या थियो भने मुटु रोग लाग्ने जोखिम हुन्छ । त्यसका लागि चिल्लो सेवन नगर्ने, नुन सेवन न्युन गर्ने, हरियो सागपात, फलफूल, रातो मासु सेवन नगर्ने, एरोविक शारीरिक अभ्यास गर्नु लाभदायक हुन्छ ।

४० वर्ष उमेर नाँघेका मानिसले वार्षिक रूपमा र ह्दयाघात वा अचानक मृत्युको जोखिम भएका व्यक्तिले स्वास्थ्य जाँच गराउनु पर्ने सुझाव मुटुरोग विशेषज्ञको छ । डा। केसी भन्छन्, ‘मुटु रोग तथा अचानक हुने मृत्युबाट बच्न आजैदेखि स्वस्थ्य जीवनशैली अपनाऔं । सुर्तीजन्य पदार्थको सेवन बन्द गरौं ।’ समाचार अन्नपूर्ण पोष्टमा छ ।


२ अर्ब ५८ करोड यूनिट विद्युत आयात


राष्ट्रिय प्रसारण प्रणालीमा गत वर्ष प्राप्त कुल ऊर्जाको ३६ प्रतिशत भारतबाट आयात भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०७४र७५ मा आफ्नो प्रसारण प्रणालीमा प्राप्त कुल ऊर्जामध्ये प्राधिकरण आफैंले ३३ प्रतिशत उत्पादन गरेको थियो । यस्तै निजी क्षेत्रबाट उत्पादित विद्युतको प्रतिशत करिब ३१ प्रतिशत छ ।

गत आर्थिक वर्षमा भारतबाट कुल २ अर्ब ५८ करोड युनिट विद्युत् आयात भएको प्राधिकरणले जनाएको छ । भारतबाट आयातित विद्युतको औसत मूल्य प्रतियुनिट ७ रुपैयाँ ४७ पैसा छ । भारतबाट आउने ७० प्रतिशत विद्युत् हिउँदमा आयात हुन्छ । भारतबाट आयात हुने विद्युतको खरिददर हिउँदमा नेपाली ऊर्जा उत्पादकसँग खरिद गर्ने विद्युतभन्दा सस्तो हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले हिउँदमा नेपाली ऊर्जा उत्पादनकसँग प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा विद्युत् खरिद गर्छ ।

प्राधिकरणले उपभोक्ताबाट प्रतियुनिट औसत १० रुपैयाँ ४ पैसा लिँदै आएको छ । प्राधिकरणले भारतबाट आर्थिक वर्ष २०७३र७४ मा २ अर्ब १७ करोड युनिट विद्युत् आयात गरेको थियो ।

प्राधिकरणले शुक्रबार आफ्नो ३३ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवमा प्रतिवेदन पेस गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो आर्थिक वर्षमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी, ६० मेगावाटको त्रिशूली थ्री ‘ए’ र १४ मेगावाटको कुलेखानी तेस्रो सम्पन्न हुने बताए । प्राधिकरणले निर्माण गरिरहेको यीबाहेक निजी क्षेत्रबाट सम्पन्न हुने आयोजनाका कारण यो वर्ष कुल ६ सय मेगावाटभन्दा बढी विद्युत् राष्ट्रिय प्रणालीमा थपिने अनुमान छ ।

निर्माणाधीन केही आयोजना सम्पन्न भएसँगै वर्षायाममा नेपालमा खपत हुनेभन्दा बढी विद्युत् उत्पादन हुने अनुमानसहित प्राधिकरणले भारतसँग इनर्जी बैंकिङको अवधारणा अघि बढाएको छ ।

भारतीय निकायहरूमार्फत ‘इनर्जी बैंकिङ’ को विधि तय गर्ने प्रक्रिया जारी रहेको प्राधिकरणले जनाएको छ । वर्षायाममा नेपालमा बढी भएको विद्युत् अन्तरदेशीय प्रसारण लाइनमार्फत भारत लैजाने र हिउँदमा नेपाललाई आवश्यक पर्दा पुनस् ल्याउने अवधारणा नै इनर्जी बैंकिङ हो ।

सन् २०१७ को अगस्ट ८ मा नयाँ दिल्लीमा भएको ११ औं ऊर्जा व्यापार समितिको बैठकबाट हरेक वर्ष ५ दशमलव ५ प्रतिशतका दरले स्वतस् वृद्धि हुने ऊर्जा खरिद दरको सट्टा निश्चित दरमा ऊर्जा खरिद गर्ने निर्णयको कार्यान्वयनबाट गत आर्थिक वर्षमा प्राधिकरणको आम्दानीमा सकारात्मक पुगेको कार्यकारी निर्देशक घिसिङको मूल्यांकन छ ।

प्राधिकरणले गत आर्थिक वर्षमा विद्युत् बिक्री र ब्याजबाट ६० अर्बभन्दा बढी आम्दानी गरेको थियो । आर्थिक वर्ष २०७३र७४ मा विद्युत् बिक्रीबाट प्राधिकरणको आम्दानी करिब ५२ अर्ब मात्रै थियो । गत आर्थिक वर्षमा प्राधिकरणले १ अर्बभन्दा बढी नाफा कमाएको अनुमान छ । प्राधिकरणको अन्तिम वित्तीय विवरण आउन बाँकी छ ।

प्राधिकरणको वार्षिकोत्सवमा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अब विद्युत् आयोजना राजनीतिक स्वार्थ र दबाबमा भन्दा पनि त्यसले दिने प्रतिफलको आधारमा बन्ने बताए । समाचार कान्तिपुरमा छ ।


प्रधानमन्त्रीले भन्यो करका कुरा अतिरञ्जित मात्र हो


प्रधानमन्त्री केपी शर्मा ओलीले करको विषय मिडिया र सामाजिक सञ्जालमा आएजस्तो ‘भयावह नभएको’ बताएका छन् । संविधानले दिएको अधिकारबाटै स्थानीय तहले कर तय गरेकाले रोक्न नसकिने उनको भनाइ छ ।

‘हामी संघीयताको नयाँ अभ्यासमा गएका छौं । यसमा अभ्यस्थ हुन संस्था र व्यक्तिहरूलाई समय लाग्छ । स्थानीय तहहरू परिपक्व भइसकेका छैनन्’, अन्नपूर्ण मिडिया नेटवर्कका सम्पादकहरूसँग शुक्रबार भएको भेटघाटमा प्रधानमन्त्रीले भने, ‘संविधानअनुसार भएका काम रोक्न मिल्दैन । तर, आफ्ना क्रियाकलपाले लोकप्रिय÷अलोकप्रिय के हुने हो, उनीहरूले सोच्ने विषय हो ।’

जेमा पनि कर लिएको भनी मिडियाले अनावश्यक रूपमा अफवाह फैलाएको उनको आरोप थियो । ‘बेलुन फुल्छ तर धरती जत्रो हुँदैन । करको विषय धरती जत्रै पारिएको छ । यो अतिरञ्जित हो’,उनले भने, ‘तर, अस्वाभाविक, अनुचित, दोहोरो–तेहोरो लिएको रहेछ भने सरकारले सच्याउनेछ । यसलाई रंगीचंगी बनाउनु बेकार हो ।’

महँगो प्रणाली

तत्कालीन माओवादी संघीयताको जोडबलमा थियो । संविधान बनाउने छेका तत्कालीन एमाले अध्यक्ष ओली संघीयताको विपक्षमै नदेखिए पनि पक्षमा खुलेनन् । हाल साना–साना विषयमा कर लगाइएको र भइरहेकामा वृद्धि गरिएको सन्दर्भमा सोधियो, ‘पद्धति महँगो भएको हो त रु ’

उनको उत्तर थियो, ‘त्यो त हो ।’ र, त्यसमा थपे, ‘सेवाभन्दा सञ्चालनमा केन्द्रित हुनु पर्‍यो भने अनि जनताबाट लगातार टिकाटिप्पणी भइरह्यो भने त्यस्तो अवस्थामा सोच्नुपर्ने हुन सक्छ ।’

‘मण्डला उफ्रिने ठाउँ हो ?’

ओली सरकारले राजधानी उपत्यकामा विरोध प्रदर्शन गर्न निश्चित ठाउँ तोक्यो । बाँकीलाई निषेधित बनायो । त्यसमा पर्‍यो– विरोधका अधिकांश जमघट हुने माइतीघर मण्डला पनि । डा। गोविन्द केसीको १५ औं आमरण अनसन जारी थियो । त्यसका समर्थक मण्डला पुग्थे । त्यही बेला रोक लगाउँदा त्यसैलाई लक्ष्य गरिएको धेरैको ठम्याइ रह्यो । त्यसविरुद्ध मुद्दा पर्‍यो । सर्वोच्चले विरोध प्रदर्शन गर्न फुकुवा गरिदियो ।

प्रधानमन्त्री ओलीले त्यसमा असन्तुष्टि जनाउँदै आएका थिए । शुक्रबार पनि उक्त प्रसंग उठाए । ‘माइतीघर मण्डला उफ्रिने ठाउँ हो रु मण्डलाको अर्थ के हो रु त्यहाँ के गरिन्छ रु त्यो कस्तो ठाउँमा छ रु ’ उनले प्रश्न गरे, ‘त्यहाँ उफ्रिन नपाउँदा लोकतन्त्रमै खतरा पुग्छ रु ’ मण्डलामा प्रतिबन्ध आफूले मात्र नलगाएको र पहिला जसले लगाएको थियो, यसपालि सबैभन्दा बढी विरोध उसैले गरेको उनको भनाइ थियो ।

डा।केसीको आमरण अनसनसमेत कुबेलामा, अनावश्यक रूपमा आएको उनको कथन थियो । ‘जति बेला डा। केसी अनसन बसे, सकारले कुनै कानुन परिवर्तन गरेको थियो रु नयाँ व्यवहार देखाएको थियो रु ’ उनले प्रश्न गरे, ‘त्यो अनसन सिलसिलाको १५ औं शृंखलामा मात्र थिएन र रु ’

‘नियुक्ति खारेज जायज’

प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता जारी भइसकेपछि कांग्रेसले गरेका राजनीतिक नियुक्ति गैरकानुनी भएकाले खारेज गरेको बताए । ‘आचार संहिता जारी भइसकेपछि निर्वाचनलाई दुष्प्रभावित पार्न, फलानालाई जिताउने÷हराउने प्रयोजनका लागि कांग्रेसले नियुक्ति गरेको थियो । गलत मिलोमतोमा नियुक्त तिनै व्यक्ति अहिले सरकारसँग पाखुरा खैँचिन थाले । अह्राएको टेर्न छाडे’, उनले भने, ‘त्यही भएर त्यस्ता नियुक्ति खारेज गरेका हौं । कांग्रेसले गरेका सबै नियुक्ति रद्द गरिएका पनि छैनन् ।’

आफूमाथि विरोधका लागि विरोध भइरहेको प्रधानमन्त्रीको भनाइ थियो । ‘सरकार हस्तान्तरण नगर्ने कुराबाट आक्रोश सुरु भयो । चुनावको परिणामले कसको के बिगार्‍यो र त्यस्तो भयो रु ’ उनले भने ।

उनले सरकारले ५ महिनामा नेपाल–भारत सम्बन्ध ऐतिहासिक उपलब्धिसम्म पुर्‍याएको, चीनसँगको सम्बन्ध विस्तारमा अघि बढेको, दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध अघि बढाएको बताए । ‘सरकारले धेरै काम गरेको छ’, उनको भनाइ थियो, ‘तर पहिल्यैदेखि भत्किएको बाटाको जिम्मा लिन सकेन भनेर टिकाटिप्पणी हुन्छ ।’

मिडियामाथि ‘टिप्पणी नगर्ने’ भन्दै उनले भने, ‘एउटाले घरमा गौंथली देखेछ । त्यसलाई खेदाउन घरमै आगो लगाइदिएछ । गौंथली उडेछ । ऊचाहिँ मादल बजाउँदै गीत गाउँदो रहेछ– अब कहाँ बस्छ्यौ गौंथली।।। बादलमुनि बास भयो तिम्रो।।। ।’

पैंसट्ठी वर्ष पुरानो मुलुकी ऐन खारेज भएर शुक्रबारदेखि अपराध संहिता र देवानी संहिता लागू भएका छन् । अपराध संहिताका केही प्रावधान प्रेस स्वन्त्रता कुष्ठित पार्ने खालका रहेको चिन्ता बढेको छ । त्यसबारे गरिएको पश्नमा प्रधामन्त्री ओलीले भने, ‘जहाँसम्म अपराध संहिताले कुनै क्षेत्रको स्वतन्त्रता कुष्ठित गर्दैन । गरेको पाइएमा विधिसम्मत ढंगले संशोधन गरिनेछ । कुनै क्षेत्रमाथि दमन गर्ने उद्देश्यले यो कानुन ल्याइएको होइन ।’ समाचार अन्नपूर्ण पोष्टमा छ ।

नयाँ मुलुकी ऐन लागुः प्रहरी र अदालत नै अन्योलमा


एक वर्षअघि संसद्बाट पारित ऐनबारे सरकारले प्रचारप्रसार नगर्दा कार्यान्वयनमा अन्योल देखिएको छ । मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता शुक्रबारदेखि लागू भए पनि पहिलो दिन मुद्दाका सरोकारवाला पक्ष नै अनभिज्ञ देखिए ।

नयाँ कानुनअनुसार शुक्रबार सुर्खेत जिल्ला प्रहरी कार्यालय र अदालतमा कुनै मुद्दा दर्ता भएनन् । अदालतमा नयाँ सफ्टवेयरसमेत भित्रिसकेको छैन ।
नयाँ मुलुकी ऐन लागू भएको पहिलो दिन शुक्रबार कानुन व्यवसायीका ‘ल फर्म’, प्रहरी कार्यालय र अदालत सुनसानजस्तै देखिए ।
कानुन व्यवसायीले नयाँ कानुनबारे सरोकारवाला अनभिज्ञ रहेकाले सम्पर्कमा आएजति सबै मुद्दा बिहीबारै प्रहरी र अदालत पठाइसकेका थिए । नेपाल बार एसोसिएसनका जिल्ला इकाई अध्यक्ष नन्द भण्डारीले नयाँ ऐनबारे सरोकारवाला सबै पक्ष अपडेट हुन बाँकी रहेको बताए ।

‘हामी पनि अध्ययन गर्दैछौं, धेरै कानुन एकीकृत भएर आएका छन्,’ उनले भने, ‘सम्पर्कमा आउने मुद्दाका पक्षहरूलाई समेत नयाँ कानुनबारे जानकारी गराइरहेका छौं, अहिले नै जाहेरी, फिरादपत्र लेख्न सुरु गरेका छैनौं ।’ शुक्रबार वीरेन्द्रनगरस्थित अधिकांश ‘ल फर्म’ सुनसान थिए भने कानुन व्यवसायी पनि दुवै संहिताका विशेषता र कार्यान्वयनका सवालमा आपसी गफगाफमा व्यस्त देखिन्थे ।

मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता साथै अरू दुई कार्यविधि कानुन, फौजदारी कसुरमा सजाय निर्धारण तथा कार्यान्वयन गर्ने ऐन र केही नेपाल समायोजन तथा खारेज गर्ने ऐन पनि लागू भएका छन् । त्यस्तै, नागरिक ऐन, गाली बेइज्जती ऐन, करार ऐनलगायत १५ वटा कानुन खारेजीमा परेका छन् ।

यसले गर्दा वर्षौंदेखि एउटै ढाँचामा जाहेरीरफिरादपत्र लेखिरहेका कानुन व्यवसायीमा अन्योल देखिएको हो । अधिवक्ता दुर्गाप्रसाद सापकोटाले वर्षौंदेखि अभ्यस्त ऐनको सट्टा नयाँमा काम थाल्नुपर्दा अन्योल बढेको बताए । ऐन कार्यान्वयनबारे पहिल्यै थाहा भए पनि पर्याप्त प्रचारप्रसार नभएको उनको भनाइ छ ।

सुर्खेत जिल्ला प्रहरी कार्यालयमा अघिल्लो दिनजस्तो भीडभाड थिएन । मुद्दा फाँटका प्रहरी कर्मचारी पनि अन्योलमा थिए । नयाँ उजुरी थिएन । मुद्दा शाखामा प्रहरी कर्मचारीहरू अघिल्लो दिन दर्ता भएका उजुरीमाथि अनुसन्धान गर्दै थिए । नयाँ कानुनका केही प्रावधानबारे प्रहरीका स्थानीय अधिकारीहरूले पनि आपत्ति जनाए ।

अनुसन्धानलाई संकुचित पार्ने र मानिस बेपत्तासम्बन्धी कसुरमा कडा व्यवस्था हुँदा फौजदारी कानुन उल्टै प्रहरीतर्फ आकर्षित हुन सक्ने उनीहरूमा चिन्ता थियो । त्यस्तै, ११ वटा मुद्दा प्रहरी नायब निरीक्षक ९सई० ले हेर्न नपाउने व्यवस्थाले तत्काल जनशक्ति अभाव खट्न प्रहरीको भनाइ छ ।

जिल्ला अदालत नयाँ सफ्टवेयरको पर्खाइमा छ । अदालतको सफ्टवेयर केन्द्रीकृत छ । सर्वोच्चले डिजाइन गरेर मातहतका अदालतमा सफ्टवेयर पठाउने गर्छ । जिल्ला अदालतका स्रेस्तेदार वीरेन्द्र मल्लले पुरानो सफ्टवेयर हटाइसकेको बताए । नयाँ ऐनबारे प्रचारात्मक अभियान नहुँदा सरोकारवाला पक्ष अन्योलमा देखिएको उनको भनाइ छ ।

‘गतवर्ष पारित भएको ऐन जनतासमक्ष पुर्‍याउन सरकारले विभिन्न माध्यमबाट प्रसार–प्रसारलाई तीव्रता दिनुपथ्र्यो,’ उनले भने, ‘सर्वसाधारण अलमलमा पर्नु त स्वाभाविकै हो, वकिल, प्रहरी र हामी अदालतकै कर्मचारी पनि अलमलमा पर्‍यौं ।’ एक वर्षको अवधिमा सरकारले विशेष अभियान सञ्चालन गरेको भए कार्यान्वयनमा सहजता हुने उनको टिप्पणी थियो ।

काम गर्न गाह्रो
जाजरकोटमा कानुनी क्षेत्रका सरोकारवाला नयाँ संहिताअनुसार काम गर्न गाह्रो भएको बताउँछन् । जिल्ला अदालतका स्रेस्तेदार मेघनाथ चपाईँले नयाँ ऐनसँगै अन्योल बढेको बताए । ‘वर्षौं प्रयोगमा आएको ऐन छोडेर नयाँ संहिताअनुसार काम गर्दा गाह्रो हुनु स्वाभाविकै हो,’ उनले भने, ‘पछि त बिस्तारै बानी पर्ला ।’

पुरानो ऐनअन्तर्गतका १३ वटा ऐन खारेज भइसकेकाले नयाँअनुसार न्यायिक गतिविधि अघि बढाउन थप कठिनाइ भएको उनले बताए । चपाईंका अनुसार मुलुकी अपराध, फौजदारी कार्यविधि, फौजदारी कसुर, देवानी र देवानी कार्यविधि संहिताको नियमावली आउन बाँकी छ । अधिवक्ता निमबहादुर शाहीले नयाँ संहितामा कमीकमजोरी पनि उत्तिकै रहेको बताए । जाहेरी, फिरादलगायतको ढाँचामा फेरबदल गर्नुपर्ने र महल, अदालती बन्दोबस्तीको नम्बर लेख्ने गरेकोमा ऐनको दफा, परिच्छेद लेख्नुपर्ने भएपछि अप्ठ्यारो महसुस भएको उनले बताए ।

जुम्लामा अलमल
जुम्लामा पनि कानुन व्यवसायी नयाँ कानुन लागू भएसँगै अलमलमा परेका छन् । कुन दफाअनुसार मुद्दा चलाउने भन्ने अन्योल रहेको वैतनिक वकिल दिलबहादुर महतले बताए । उनीहरू अहिले नयाँ कानुन किनेर अध्ययनमा व्यस्त छन् । नयाँ ऐन कार्यान्वयनको क्रममा अदालतमा पनि चाप बढ्ने देखिएको छ । ‘नयाँ कानुन पहिलेभन्दा केही गाह्रो छ,’ जिल्ला अदालतका निमित्त स्रेस्तेदार धनप्रसाद चौलागाईंले, ‘सम्पादनका क्रममा धेरै अध्ययन गर्नुपर्छ ।’

अर्कातिर नयाँ कानुनसँगै ‘कोट फी’ पनि हवात्तै बढेको छ । पहिले धेरैजसो मुद्दा दर्ता गर्दा सय रुपैयाँ दस्तुर थियो, अहिले न्यूनतम पाँच सय छ । रसिद तथा भर्पाइ दाबीको एक सय शुल्क थियो, अहिले पाँच सय पुगेको छ ।समाचार कान्तिपुरमा छ ।


यस कारण मानवअधिकारको गाडीबाट खोसियो प्रकाण्ड


जबरजस्ती चन्दा असुलेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई शुक्रबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दियो।

छोरा नरेन्द्रबहादुर विश्वकर्माले गृहमन्त्रालयलाई विपक्षी बनाउँदै दर्ता गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले शुक्रबार रिहा गर्न आदेश दिएको हो।

रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीले प्रकाण्डलाई रिहा गर्न आदेश दिएका थिए। 

त्यस लगत्तै काभ्रेमा एनसेल टावर आगजनी गरेको मुद्दामा पक्राउ गर्न काठमाडौं प्रहरी सर्वोच्च परिसरमा पुग्यो। तर उनी सर्वोच्चको आदेश लगत्तै पक्राउ पर्ने थाहा पाएपछि लामो समय मुख्य रजिष्ट्रारको कार्यकक्षबाट बाहिर निस्किएनन्।

प्रहरी भने सर्वोच्च अदालत घेराउ गरेर रातिसम्म त्यही बस्यो। राति भएपछि मानव अधिकार योगको गाडी सर्वोच्च परिसरमा प्रवेश गर्यो।

तत्काल प्रकाण्ड मानवअधिकार आयोगको गाडीमा बसे। आयोगले प्रहरीले पक्राउ गर्दा कस्तो मानवअधिकारको हनन् भयो भन्ने विषयमा जानकारी लिन प्रकाण्डलाई आयोग लान लागेको थियो। तर, प्रहरीले प्रकाण्डलाई आयोग लान नदिन लामोसमयसम्म आयोगको गाडीलाई घेराउ गरेर राख्यो।

सुदीप पाठकको नेतृत्वमा पुगेको आयोगको टोलीले प्रकाण्डलाई गाडीमा राखे पनि आयोग लान सकेनन्। प्रहरीसँग लामै विवाद भयो। पाठकले प्रहरीलाई सम्झाउने प्रयास गरे। तर, प्रहरीले आफ्नो अडान छोडेनन्।

प्रहरी र पाठकबीच लामो समय विभिन्न कुराकानी भए। अन्तत प्रहरीले आयोग लान नमिल्ने अडान लिँदै प्रकाण्डलाई आयोगको गाडीबाट झिक्यो। आयोगको गाडीबाट प्रहरीले बाहिर निकालेपछि प्रकाण्डले यो सरकारले सर्वोच्च अदालतको आदेश समेत नमानेको भन्दै आपत्ति जनाए।

उनले भने, ‘यो तपाईंहरुको कुरा भएन गृहमन्त्रालय सर्वोच्चको आदेश पनि मान्दैन ! ल म जान्छु।’ प्रकाण्डले यत्ति भनेपछि प्रहरीले गाडीमा राखेर उनलाई लग्यो।  समाचार अन्नपूर्ण पोष्टमा छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan