Tuesday 21st of August | २०७५ भदौ ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रको ध्यान अब समृद्धि तर्फ हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २५ शुक्रबार |
newsabhiyan

नवलपरासी, २५ साउन (रासस) ः राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रको ध्यान अब समृद्धिको अभियानतर्फ केन्द्रीत हुन जरुरी रहेको बताउनुभएको छ ।

आज पश्चिम नवलपरासीको परासीमा उद्योग वाणिज्य सङ्घले उहा“को स्वागत तथा सम्मानमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो ।
सबै राजनीतिक दल अब देशको चौतर्फी विकासमा लाग्नुपर्ने विचार राख्दै अध्यक्ष तिमिल्सिनाले यो देशको समृद्धि र विकास सबै दलको प्राथमिकता हुनुपर्ने बताउनुभयो ।


सो अवसरमा राष्ट्रियसभाका सदस्य रामलखन हरिजनले सरकारले भष्ट्राचार निर्मूल पार्ने योजना बनाएकाले सो अभियानलाई सबैले सफल बनाउनुपर्ने बताउनुभयो ।
यसैबीच राष्ट्रियभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजै नवलपरासीको गण्डक क्षेत्र, यसैगरी रामग्राम स्तुपको समेत अवलोकन गर्नुभयो । रामग्राम स्तुपको अवलोकन गर्दै अध्यक्ष तिमिल्सिनाले लुम्बिनीस“ग जोडिएको रामग्राम, तिलौराकोट लगायतका सबै क्षेत्रका विकास आवश्यक रहेको बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan