Tuesday 21st of August | २०७५ भदौ ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नाजिब विरुद्धको मुद्धामा फेब्रुअरीमा सुनुवाई हुने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २५ शुक्रबार | (रासस÷एएफपी)
newsabhiyan

क्वालालमपुर, २५ साउन : मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई लागेको भ्रष्टाचारसम्वन्धी मुद्दामा आउँदो फेब्रुअरीमा मात्रै सुनुवाई हुने भएको छ ।

ठूलो परिणाममा आर्थिक दुरुपयोग गरेर भ्रष्टाचार गरेको अभियोग लागेका नाजिबको सुनुवाई फेब्रुअरीमा सुरु हुने अदालतले शुुक्रबार जनाएको हो ।


एउटा कल्याणकारी कोषमा संकलन भएको सम्पत्तिलाई दुरुपयोग गरेको, आर्थिक अपचलन गरेको र शक्तिको गलत प्रयोग गरेकोलगायतका आरोपहरू ६५ बर्षीय नाजिबमाथी लगाइएको छ ।
उहाँलाई आर्थिक अपचलनसम्वन्धी तीनमुद्दासहित कुल सात ओटा मुद्दा लगाइएको छ । अनुसन्धानका लागि केही दिन पक्राउ पर्नुभएका नाजिब अहिले भने धरौटीमा रिहा हुनु भएको छ ।


उहाँलाई अघिल्लो महिना गिरफ्तार गरिएको थियो । उहाँले भने आफुलाई लगाइएका सवै आरोपहरूको पूर्वाग्रही भएको भन्दै अस्वीकार गर्दै आउनुभएको छ ।


गत निर्वाचनबाट विजयी भएर प्रधानमन्त्री बन्नुभएका ९३ बर्षीय नयाँ प्रधानमन्त्री महाथिर मोहमदले भ्रष्टाचार फैलाउन नाजिबको ठूलो भूमिका रहेको बताउदै भ्रष्टाचार विरुद्ध आफुले शसक्त रुपमा काम गर्ने अठोट लिनु भएको छ ।


उच्च अदालतका न्यायाधीश मोहमद नाज्लान मोहमद घाजालीले फेब्रुअरीको १२ देखि २८ तारिख सम्म र मार्चको ४ देखि २९ तारिखसम्म नाजिबको सुनुवाई हुने मिति तय गरिएको जानकारी दिनुभएको छ । न्यायाधिवक्ताहरूले झण्डै ५० जना साक्षीहरूलाई बोलाउने अपेक्षा गरिएको छ ।


उहाँमाथि करिब चार करोड २० लाख मलेसियाली रिंगीट (एक करोड तीन लाख डलर) भ्रष्टाचार गरेको आरोप लगाइएकाले सो आरोप प्रमाणित भएमा उहाँले १५ वर्ष जेल बस्नुपर्नेछ । 


मलेसियाली सरकारले पनि उहाँ प्रधानमन्त्री रहँदा उहाँले नै स्थापना गर्नुभएको ‘वन एमडिबी’ नामको आयोजनामार्फत उहाँले अरबौँ डलर दुरुपयोग गरेको भनी अनुसन्धान गरिरहेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan